यसवर्ष विद्यार्थीले भर्ना भएकै बेला किताब पाउने

 चैत ३०, २०८० शुक्रबार ९:५:९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – यसवर्ष देशभरका सबै विद्यालयका विद्यार्थीले भर्ना भएकै बेला किताब पाउने भएका छन् । भोलि वैशाख १ गतेदेखि नयाँ शैक्षिक सत्र शुरु हुँदैछ भने सरकारले पर्सि २ गतेदेखि भर्ना अभियान शुरु गर्दैछ । धेरै विद्यालयले नियमित पढाइ चाहिँ वैशाख दोस्रो हप्तादेखि शुरु गर्दैछन् ।

शैक्षिक सत्र, भर्ना अभियान र पढाइ शुरु नहुँदै सरकारले सबै जिल्लामा किताब पुर्‍याएको हो । देशभर रहेका सबै स्थानीय बिक्रेताकहाँ किताब पुगिसकेको जनक शिक्षा सामग्री केन्द्रले जनाएको छ । कतिपय विद्यालयले भने किताब लगिसकेका छन् ।

अरु विद्यालयले भने आज, भोलिमै किताब लैजाने भएकाले विद्यार्थीले भर्ना भएकै बेला किताब पाउने भएका हुन् । पहिले पढाइ शुरु भएको महिनौँ बित्दासमेत विद्यार्थीले किताब नपाउने समस्या थियो । दुर्गम भेगका कतिपय विद्यार्थी त किताब नै नपढी परीक्षा दिन बाध्य थिए । चालु शैक्षिक सत्रदेखि सरकारले बेलैमा किताब पुर्‍याउन थालेको हो । पोहोर वैशाखमा सबै ठाउँमा किताब पुगिसकेको थियो भने यसवर्ष चैतमै सबै जिल्लामा किताब पुगिसकेको छ ।

नौ वटा प्रादेशिक कार्‍लय र डिपोमार्फत एक हजार २६७ वटा स्थानीय बिक्रेताकहाँ किताब पुगिसकेको जनक शिक्षा सामग्री केन्द्रले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया