वैशाख महिनाका लागि धेरै बैंकले ब्याजदर घटाए

 चैत ३०, २०८० शुक्रबार ११:३१:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – वाणिज्य बैंकहरुले वैशाखको लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । धेरै बैंकहरुले चैत महिनाको तुलनामा औषत ब्याजदर सामान्य घटाएका छन् । अहिले सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकहरुमध्ये १३ वटाले ब्याजदर सामान्य घटाएका हुन् ।

ब्याजदर घटाउने बैंकहरुमा नेपाल बैंक, लक्ष्मी सनराइज बैंक, माछापुच्छ्रे बैंक, प्रभु बैंक, राष्ट्रिय वाणिज्य बैंक, ग्लोबल आईएमई बैंक, सिद्धार्थ बैंक, प्राइम कमर्सियल बैंक, कुमारी बैंक, सानिमा बैंक, एसबीआई बैंक, सिटिजन्स बैंक र एनआईसी एसिया बैंक छन् । यी बैंकहरुले चैतको तुलनामा ब्यक्तिगत मुद्दतीमा अधिकतम औसत ब्याजदर शून्य दशमलव १९ प्रतिशत विन्दुले घटाएका हुन् ।

व्यक्तिगत मुद्दति निक्षेपमा चैत महिनामा औषतमा अधिकतम ७ दशमलव २५ प्रतिशतविन्दुका दरले ब्याज दिइरहेका यी बैंकहरुले वैशाख महिनामा औषतमा अधिकतम ७ दशमलव ०७ प्रतिशतविन्दुका दरले ब्याज दिने भएका छन् । कृषि विकास बैंक, स्टान्डर्ड चार्टर्ड बैंक, नबिल बैंक, हिमालयन बैंक र नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले चैतकै ब्याजदरलाई निरन्तरता दिएका छन् ।

एभरेस्ट बैंक र एनएमबी बैंकले चैतको तुलनामा वैशाखमा ब्याजदर बढाएका छन् ।

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया