आमसञ्चार र सामाजिक सञ्जाल विधेयक छिटै पारित हुन्छ : सञ्चारमन्त्री

 चैत ३०, २०८० शुक्रबार १५:९:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आमसञ्चार विधेयक र सामाजिक सञ्जाल विधेयक सङ्घीय संसदबाट छिटै पारित हुने बताउनुभएको छ ।

नेपाल पत्रकार महासङ्घ काठमाण्डौ शाखाको आज भएको १२ औँ अधिवेशनका अवसरमा मन्त्री शर्माले आमसञ्चार र सामाजिक सञ्जाल विधेयक सङ्घीय संसदमा पेस गर्ने अन्तिम तयारीमा रहेको जानकारी दिनुभयो । उहाँले सञ्चार क्षेत्रलाई व्यवस्थित, मर्यादित र समयानुकूल बनाउन ती विधेयक आवश्यक रहेकोमा जोड दिनुभयो ।

सञ्चारमन्त्री शर्माले लोककल्याणकारी विज्ञापनलाई थप व्यवस्थित बनाउँदै स्वरोजगार तथा साना लगानीका सञ्चारमाध्यमलाई सहुलियत दिन सरकार सकारात्मक रहेको बताउनुभयो । उहाँले त्यस्ता सञ्चारमाध्यमलाई राष्ट्रिय समाचार समितिको समाचार शुल्कमा सहुलियत उपलब्ध गराउन सकिने उल्लेख गर्नुभयो ।

मन्त्री शर्माले सरकार अभिव्यक्ति स्वतन्त्रताको पक्षमा रहेको बताउनुभयो । उहाँले न्यूनतम पारिश्रमिकलाई पनि समयानुकूल बनाउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया