टीकापुर पार्कमा एकैदिन तीन लाख रुपैयाँ सङ्कलन

 बैशाख २, २०८१ आइतबार १८:१९:३७ | रासस
unn.prixa.net

कैलाली – टीकापुर बृहत् उद्यान (टीकापुर पार्क) मा नयाँ वर्ष लागेपछि पर्यटकको आगमन बढेको छ । उद्यानमा नयाँ वर्षको पहिलो दिन शनिवार १२ हजार बढी पर्यटक भित्रिएका छन् । पार्कमा शनिवार एकैदिन टिकट शुल्कबाट तीन लाख रुपैयाँ राजस्व सङ्कलन भएको छ ।

उद्यानमा आउनेहरू धेरैजसोले पार्कमै वनभोज खाने, पार्कसँगै जोडिएको कर्णाली नदीमा र्‍याफ्टिङ, जेट स्की, वाटरबोटमा आनन्द लिने गरेका उद्यानका इन्चार्ज अर्जुन कुँवरले बताउनुभयो । वनभोजस्थलमा सयौँ समूहले खाना पकाएर खाने, नाचगान गर्नेलगायत मनोरञ्जनात्मक क्रियाकलाप गरेका उहाँले जानकारी दिनुभयो ।

पार्कमा आउनेहरू महेन्द्र आरोग्य गृह, वीरेन्द्र विश्राम बाटिका, रत्न उद्यान, ऐश्वर्य उद्यानमा फोटो खिच्ने तथा घण्टौँसम्म यहाँ रमाउने गरेका स्थानीय टङ्क थापाले बताउनुभयो ।

पार्कमा आएकाहरू यहाँ सबै संरचना सुन्दर भए पनि बालबालिकाका लागि खेल्ने संरचना बनाउन सुझाव दिन्छन् । महेन्द्रनगरबाट आउनुभएकी शोभा काफ्लेले बालबालिकाका लागि खेल्ने छुट्टै स्थान, पिङ, विभिन्न सामग्रीलगायत व्यवस्था हुनुपर्नेमा जोड दिनुभयो ।

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया