उदाउँदो सूर्यलाई अर्ध्य दिँदै चैती छठ सम्पन्न

 बैशाख ३, २०८१ सोमबार ९:५६:११ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : रासस

काठमाण्डौ – मिथिला क्षेत्रमा बिहान उदाउँदो सूर्यलाई अर्ध्य (अर्घ) दिएसँगै वासन्ती अर्थात चैती छठ सम्पन्न भएको छ । पञ्चमी तिथिका दिन अर्थात शनिवार राति ‘खरना’ विधि सम्पन्न गरेदेखि निराहार व्रत रहेका व्रतालुुले आज सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई अर्ध्य  दिँदै यसपालिको चैती छठ पर्व सम्पन्न गरेका हुन् ।

मिथिला क्षेत्रमा आजको सूर्योदय बिहान ५ बजेर ४१ मिनेटमा भएको हो । यसअघि व्रतालु सूर्योदय हुनु एक घडि पूर्वदेखि नै  कम्मरसम्म डुब्ने पानीमा तीन पटक चोबलिएर सूर्यलाई चाँडै देखिन गीतबाट पुकारा गरिरहेका थिए । छठ पर्व शरद र वसन्त ऋतु गरी वर्षमा दुई पटक मनाइन्छ । तर शरद ऋतुको छठ बढी प्रचलित छ । छठ सूर्य उपासनाको पर्व हो ।

आज सकिएको छठ २०८० को भए पनि यसपालि सौरमास गणनाले २०८१ सालमा परेको हो । छठ व्रतको प्रभावले दुःख, दरिद्र अन्त्य भई सुख, शान्ति र प्रत्येक मनोकांक्षा पूरा हुने मैथिल जनविश्वास छ । 

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया