बाग्मती, गण्डकी, लुम्बिनी र कर्णालीका केही ठाउँमा दिउँसोपछि हावाहुरीको सम्भावना

 बैशाख ८, २०८१ शनिबार ७:३७:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – आज दिउँसोपछि बाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही ठाउँमा हावाहुरीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । विशेषगरी पश्चिमी क्षेत्रका केही ठाउँमा हुरीबतास चल्न सक्ने सम्भावना देखिएको हो । त्यस्तै काठमाण्डौ उपत्यकामा पनि सामान्य हावाहुरी चल्न सक्ने महाशाखामा मौसमविद् मिनकुमार अर्यालले जानकारी दिनुभयो ।

मौसमविदका अनुसार काठमाण्डौ उपत्यकामा तापक्रम ३०/३१ डिग्री सेल्सियससम्म रहने र तल्लो वायुमण्डलमा तातो र ओसिलो हावाबीचको सम्मिश्रणका कारण हावाहुरीको जोखिम देखिन्छ । वर्खा शुरु हुनुभन्दा अघि चैत, वैशाख र जेठसम्मको समयमा प्रि–मनसुनी गतिविधि हुन्छन् । यो बेला मेघगर्जनसहित पानी पर्ने, चट्याङ पर्ने, हावाहुरी चल्ने हुन्छ ।

अहिले देशभर पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशका पहाडी केही क्षेत्रमा मौसम आंशिक बदली छ । बाँकी भागमा मौसम सफा नै छ ।

आज दिउँसो कोशी, बाग्मती, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदलीको सम्भावना छ । एक–दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया