पाकिस्तानमा भारी वर्षाका कारण ज्यान गुमाउनेको सङ्ख्या ८७ पुग्यो

 बैशाख ८, २०८१ शनिबार ११:४८:९ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

अघिल्लो हप्ता पाकिस्तानमा भारी वर्षाका कारण ज्यान गुमाउनेको सङ्ख्या ८७ पुगेको छ । ८२ जना घाइते भएका छन् । भारी वर्षा, बाढी तथा चट्याङलगायतका कारण जनधनको क्षति भएको छ । मुख्यगरी उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा धेरै क्षति भएको छ । त्यहाँ ३६ जनाको ज्यान गएको छ ।

राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरणकाअनुसार देशभर दुई हजार ७ सय १५ वटा घरमा आंशिक वा पूर्ण रुपमा क्षति पुगेको छ । पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफले हालैको भारी वर्षाका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रभावित क्षेत्रमा राहत कार्यलाई तिब्रता दिन र वर्षाका कारण बन्द भएका सडकहरू खुलाउने कामलाई तिव्रता दिन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया