युक्रेन र इजरायललाई ८७ अर्ब डलर सहयोग दिने प्रस्ताव अमेरिकी सदनमा पेश हुँदै

 बैशाख ८, २०८१ शनिबार १५:३१:३१ | एजेन्सी
unn.prixa.net

एजेन्सी

केही महिनाको ढिलाइपछि अमेरिकी प्रतिनिधि सभाले बल्ल युक्रेनलाई राहत प्याकेज दिने प्रस्ताव पारित गर्ने तयारी गरेको छ । युक्रेनलाई अर्बौं डलरको राहत प्याकेज दिने प्रस्तावमाथि आज अमेरिकी संसदमा प्रस्ताव पेश हुने बीबीसीले जनाएको छ । यो प्रस्तावमा इजरायललाई पनि राहत प्याकेज उपलब्ध गराउने विषय समावेश रहेको छ ।

सभामुख माइक जोन्सनले प्रस्तावमा मतदान गराउन आफू प्रतिबद्ध रहेको बताउनुभएको छ । प्रस्ताव पारित भएमा युक्रेनले ६१ अर्ब, इजरायलले २६ अर्ब र ताइवानसहित इन्डो प्यासिफिक क्षेत्रले आठ अर्ब डलर बराबरको रकम र सैन्य सहयोग पाउने खबरमा उल्लेख छ ।

अमेरिकाले राहत प्याकेज चाँडै पारित नगरेमा रुसले युक्रेनमाथि विजय प्राप्त गर्न सक्ने र यो अमेरिका र युरोपका लागि खतरनाक हुने युक्रेनले चेतावनी दिइरहेको थियो । अहिले मिसाइल र हवाई हमला प्रतिरक्षा प्रणाली अभाव हुँदै गएपछि युक्रेनमाथि रुस हावी हुँदै गइरहेको छ ।

यसैबीच अमेरिकी संसदमा चीन, इरान, रुस लगायतका देशमाथि विभिन्न प्रतिबन्ध लगाउने प्रस्ताव पनि पेश हुँदैछ । चिनियाँ एप टिकटकमाथिको प्रतिबन्ध, रुसमाथि प्रतिबन्ध लगाएपछि फ्रिज भएर बसेको सम्पत्ति बेच्न अनुमति दिने र रुस, इरान र चीनमाथि नयाँ प्रतिबन्धका प्रस्ताव संसदमा पेश हुने खबरमा उल्लेख छ ।

यी प्रस्ताव तल्लो सभाबाट पारित भएपछि सिनेटले पारित गर्नुपर्नेछ । त्यसपछि राष्ट्रपतिले प्रमाणीकरण गरेपछि लागू हुनेछन् । 

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया