सप्तरी र गुल्मीमा डुबेर दुईजनाको ज्यान गयो

 बैशाख ८, २०८१ शनिबार १५:१९:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डौ – सप्तरीमा पोखरीमा डुबेर एक बालिकाको ज्यान गएको छ । महादेवा गाउँपालिका वडा नम्बर ५ भगवतपुरका दिपु मण्डलकी छोरी १२ वर्षकी भुमिका कुमारी मण्डलको ज्यान गएको हो ।

घर नजिकै रहेको सार्वजनिक पोखरीमा डुबेर अशक्त भएकी बालिकाको गजेन्द्रनारायण सिंह अस्पताल राजबिराजमा उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

यस्तै गुल्मीको बडीगाड खोलामा माछा मार्ने क्रममा डुबेर एक जनाको ज्यान गएको छ । सत्यवती गाउँपालिका–६ खैरेनी का १४ वर्षीय युवराजदिन मियाँको डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

हिजो दिउँसो माछा मार्न खोलामा गएका मियाँ घरमा नआएपछि खोज्ने क्रममा खोला किनारमा मृत अवस्थामा फेला परेका र घटनाबारेमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया