एसीसी प्रिमियर कप : उपाधिका लागि आज यूएई र ओमान खेल्दै

 बैशाख ९, २०८१ आइतबार ९:२२:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – एसीसी प्रिमियर कप क्रिकेटको उपाधिका लागि आज यूएई र घरेलु टोली ओमान खेल्दैछन् । खेल दिउँसो सवा ४ बजे ओमानको अल अमेरातमा शुरु हुनेछ ।

अस्ति शुक्रवार भएको सेमिफाइनलमा नेपाललाई छ विकेटले हराउँदै यूएई र हङकङलाई ५ विकेटले हराउँदै ओमान फाइनलमा पुगेका हुन् । यो प्रतियोगिताको विजेता टोलीले एशिया कप क्रिकेट खेल्न पाउनेछ । एशिया कपमा भारत, पाकिस्तान, श्रीलंका, बाङ्लादेश र अफगानिस्तानसँग प्रतिस्पर्धा हुनेछ ।

नेपाल एसीसी प्रिमियर कपको तेस्रो स्थानका लागि हिजो भएको खेलमा हङकङसँग चार विकेटले पराजित भयो । हङकङसँग पराजित भएसँगै नेपालको एसीसी इमर्जिङ टीम्स एशिया कपको यात्रा पनि टुङ्गिएको छ । हङकङ इमर्जिङ कपका लागि छनोट भएको छ । प्रिमियर कपका विजेता र उपविजेतासँगै तेस्रो हुने टोलीले इमर्जिङ कप खेल्न पाउनेछन् । 

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया