एसीसी प्रिमियर कप फाइनल : कप्तान वसीमकाे शतकमा यूएईले दियाे ओमानलाई २ सय ५ रनकाे लक्ष्य

 बैशाख ९, २०८१ आइतबार १८:३:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – एसीसी प्रिमियर कप क्रिकेटको फाइनलमा यूएईले घरेलु टोली ओमानलाई २ सय ५ रनको लक्ष्य दिएको छ ।

अल अमिरातमा टस हारेर ब्याटिङ गरेको यूएईले २० ओभरमा ४ विकेट गुमाएर २ सय ४ रन बनायो । यूएईका कप्तान मुहम्मद वसीमले शतक बनाए । वसीमले ५६ बलमा ७ छक्का र ६ चौकासहित सय रन बनाएर आउट भए । यस्तै आसिफ खानले १६ बलमा नट आउट ३८ रन बनाए ।

अस्ति शुक्रवार भएको सेमिफाइनलमा नेपाललाई ६ विकेटले हराउँदै यूएई तथा हङकङलाई ५ विकेटले हराउँदै ओमान फाइनलमा पुगेका हुन् । यो प्रतियोगिताको विजेता टोलीले एशिया कप क्रिकेट खेल्न पाउनेछ । एशिया कपमा भारत, पाकिस्तान, श्रीलङ्का, बङ्ग्लादेश र अफगानिस्तानसँग प्रतिस्पर्धा हुनेछ ।

यस्तै एसीसी प्रिमियर कपको तेस्रो स्थानका लागि हिजो भएको खेलमा नेपाल हङकङसँग ४ विकेटले पराजित भएको थियो । हङकङसँग पराजित भएसँगै नेपालको एसीसी इमर्जिङ टिम्स एशिया कपको यात्रा पनि टुङ्गिएको छ । हङकङ इमर्जिङ कपका लागि छनोट भएको छ । प्रिमियर कपका विजेता र उपविजेतासँगै तेस्रो हुने टोलीले इमर्जिङ कप खेल्न पाउनेछन् ।

अन्तिम अपडेट: बैशाख २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया