एसीसी प्रिमियर कपको उपाधि यूएईले जित्यो

 बैशाख १०, २०८१ सोमबार ९:२८:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

एजेन्सी

काठमाण्डौ – एसीसी प्रिमियर कपको उपाधि यूएईले जितेको छ । घरेलु टोली ओमानलाई ५५ रनले हराउँदै यूएई उपाधिसहित एसिया कप २०२५ का लागि छनोट भएको हो ।

यूएईले दिएको दुई सय पाँच रनको लक्ष्य पछ्याएको ओमानले २० ओभरमा नौ विकेट गुमाउँदै एक सय ४९ रन मात्र बनाउन सक्यो । ओमानका लागि प्रतिक अथावालेले सर्वाधिक ४९ रन बनाए । यूएईका लागि जुनेद सिद्दिकीले तीन विकेट लिए भने मुहम्मद फरूक र आयन खानले २–२ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा चार विकेट गुमाएर दुई सय चार रन जोड्यो । यूएईका लागि कप्तान मुहम्मद वासिमले एक सय रनको शतकीय इनिङ खेले । ओमानका लागि बिलाल खानले दुई विकेट लिए ।

यसअघि यूएईले अन्तिम चारमा नेपाललाई हराएको थियो भने ओमानले हङकङलाई हराउँदै फाइनलमा आफ्नो स्थान तय गरेको थियो । यसबाहेक ओमान र यूएई इमर्जिङ कपमा छनोट भइसकेका छन् । हङकङले शनिवार तेस्रो स्थानको खेलमा नेपाललाई हराउँदै इमर्जिङ कपमा स्थान बनाएको थियो । 

अन्तिम अपडेट: बैशाख २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया