माल्दिभ्स संसदीय चुनाव : चीनलाई समर्थन गर्ने दललाई दुईतिहाइ बहुमत

 बैशाख १०, २०८१ सोमबार १५:१७:३२ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

माल्दिभ्समा भएको संसदीय चुनावमा राष्ट्रपति मोहमद मुइज्जुको दलले अत्यधिक बहुमत ल्याएको छ । ९३ सदस्यीय संसद्मा मुइज्जुको पिपल्स् न्याश्नल कंग्रेस (पीएनसी) ले ६६ स्थान जितेको प्रारम्भिक नतिजामा बीबीसीले जनाएको छ ।

देशको संविधान संशोधन गर्न पर्याप्त हुने गरी पीएनसीले संसद्मा दुईतिहाइ बहुमत पाएको हो । पीनएनसीको पक्षमा आएको परिणामलाई विश्लेषकरूले चीनसँग निकट सम्बन्ध राख्ने मुइज्जुको नीति नागरिकबाट अनुमोदित भएको मानेका छन् ।

चीन पक्षधर भनिएका मुइज्जु माल्दिभ्समा लामो समयदेखि पर्दै आएको भारतीय प्रभाव घटाउने पक्षमा हुनुहुन्छ । माल्दिभ्सको यसअघिको सरकारले लिएको पहिला भारत भन्ने नीति अन्त्य गर्ने उद्देश्यसहित उहाँले अभियान चलाउनुभएको छ । उहाँ राष्ट्रपति भएपछि माल्दिभ्समा रहेका भारतीय सेना फिर्ता गर्ने क्रम शुरु भएको छ ।

यसअघि बहुमतमा रहेको माल्दिभिअन डेमोक्र्याटिक पार्टी (एमडीपी) ले जम्मा १५ सिट जितेकाे छ । चुनावको परिणाम औपचारिक रूपमा घोषणा हुन भने बाँकी नै छ ।

भारतीय सैन्य टोलीलाई फिर्ता पठाउने मुइज्जुको निर्णयका कारण भारत र माल्दिभ्सको सम्बन्धमा समस्या आएको छ । चीनले त्यसबाट फाइदा लिन खोजेको देखिन्छ । गएको जनवरीमा चीन भ्रमणमा गएका माल्दिभ्सका राष्ट्रपति मुइज्जुले चिनियाँ लगानी भित्राउने विषयमा विभिन्न सहमतिमा हस्ताक्षर पनि गर्नुभएको छ ।

अन्तिम अपडेट: बैशाख २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया