हिजो दोहोरो अङ्कले बढेको शेयर बजार आज दोहोरै अङ्कले घट्याे

 बैशाख १०, २०८१ सोमबार १५:२४:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – हिजो आइतवार दोहोरो अङ्कले बढेको शेयर बजार आज साेमवार दोहोरै अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १५ दशमलव ४१ अङ्कले घटेर एक हजार नौ सय ६९ दशमलव शून्य दुई विन्दुमा झरेको छ ।

आज म्युचुअल फन्ड समूहको शेयर सामान्य बढे पनि अरू सबै समूहको शेयर घटेको छ । सबैभन्दा धेरै दोल्ती पावर कम्पनी र एनआईसी एसिया लघुवित्तको शेयर झन्डै साढे सात प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन पिपुल्स पावर कम्पनीको शेयर झन्डै सात प्रतिशतले बढेको छ ।

आज ५६ लाख ५६ हजार कित्ता शेयर दुई अर्ब पाँच करोड आठ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै गुर्खाज फाइनान्सको ११ करोड ५४ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

अन्तिम अपडेट: बैशाख २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया