अत्यधिक गर्मीका कारण विश्वभरका दुई अर्ब ४० करोड जना श्रमिक जोखिममा

वायु प्रदूषणले अहिले वार्षिक आठ लाख जनाको ज्यान गइरहेको अनुमान

 बैशाख १०, २०८१ सोमबार १८:२७:५ | एजेन्सी
unn.prixa.net

फाइल फाेटाे

अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आईएलओ) ले अत्यधिक गर्मीका कारण विश्वभरका ७० प्रतिशत श्रमिक जोखिममा पर्ने चेतावनी दिएको छ ।

आईएलओले आज एक प्रतिवेदन सार्वजनिक गर्दै विश्वव्यापी तापक्रम बढ्दा त्यसको प्रत्यक्ष असर श्रमिकमा पर्ने र ७० प्रतिशत अर्थात् दुई अर्ब ४० करोड जना श्रमिक स्वास्थ्यको जोखिममा रहेको जनाएको हो । उच्च तापक्रममा काम गर्दा क्यान्सर जस्ता घातक रोगसहित अरू थुप्रै समस्या आउने आईएलओले बताएको समाचार संस्था रोयटर्सले जनाएको छ ।

सन् २०२० मा निकालेको प्रतिवेदनमा विश्वभरका पाँच प्रतिशत मजदुर जलवायु परिवर्तनको चपेटामा परेको उल्लेख थियो तर अब जोखिममा पर्ने श्रमिकको सङ्ख्या ६५ प्रतिशत पुग्ने उल्लेख छ । यस्तै अहिले एक अर्ब ६० करोड जना कामदार कार्यस्थलको वायु प्रदूषणको जोखिममा रहेका र बर्सेनि  आठ लाख ६० हजार जनाको मृत्यु यसकै कारण भइरहेको हुन सक्ने पनि खबरमा उल्लेख छ । यसैगरी छालाको क्यान्सरबाट एक वर्षमा लगभग १९ हजार जनाको ज्यान गएकाे हुनसक्ने उल्लेख छ ।

गर्मीको लहर, खडेरी, जङ्गलमा लागेको आगो र आँधीबेहरीका कारण कामदार धेरै प्रभावित भइरहेका छन् । जलवायु परिवर्तनको गति बढ्दै जाँदा सरकार र रोजगारदाताले कर्मचारीको सुरक्षाका लागि कानुन र नियममा सुधारसहित विभिन्न उपाय अपनाउनुपर्ने आईएलओले सुझाव दिएको छ । युरोपियन युनियनको जलवायु एजेन्सीका पहिलो पटक लगातार दश वटा महिनामा तापक्रमले रेकर्ड बनाएको छ ।

अन्तिम अपडेट: बैशाख २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया