पर्साको वीरगञ्ज महानगर–१७ अलौमा आगलागी : सात घर जले, ५४ लाख रुपैयाँ बराबरको क्षति

 बैशाख ११, २०८१ मंगलबार १२:१३:६ | रासस
unn.prixa.net

तस्बिर : रासस

पर्सा – पर्साको वीरगञ्ज महानगरपालिका–१७ अलौमा आज बिहान आगलागी हुँदा सात वटा घर जलेका छन् । स्थानीय महेन्द्र सहनीको फुसको घरमा बिजुली सर्ट भएर सल्किएको आगोले सहनीसहित वरपरका सात घरमा क्षति गरेको हो ।

आगलागीबाट ५३ लाख ९० हजार रुपैयाँ बराबरको क्षति भएको वीरगञ्ज महानगरपालिका–१७ का वडाध्यक्ष राजीवबहादुर क्षेत्रीले जानकारी दिनुभयो । पीडितको फुसका घरसहित अन्य लत्ताकपडा र भाँडाकुँडा जलेका छन् । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले दुई वटा दमकमको सहायताले आगो निभाइएको जानकारी दिनुभयो ।

क्षतिको विवरण

आगलागीबाट घर, अन्नपात, लत्ताकपडा नष्ट हुँदा महेन्द्र सहनीको १० लाख ६३ हजार, सहनीका छिमेकी मैना सहनीको आठ लाख ६८ हजार, वीरेन्द्र सहनीको चार लाख ८० हजार, तुहान सहनीको ११ लाख ६० हजार, फुलदेव सहनीको चार लाख १६ हजार, अभय सहनी सात लाख ८० हजार तथा अदालत साहको छ लाख २३ हजार रुपैयाँ बराबरको क्षति भएको तथ्याङ्क छ ।

वडाध्यक्ष क्षेत्रीले वडा कार्यालयसँग पर्याप्त बजेट नभएकाले विपद् व्यवस्थापन समितिमार्फत छिट्टै राहत प्रक्रिया अघि बढाइने बताउनुभयो ।

गएको वैशाख ८ गते सीमावर्ती भारतको गहुँ खेतबाट सल्किएको आगोले पर्साको छिपहरमाई गाउँपालिका–१ भलमहिया बस्तीका १५ किसानको अन्नबालीसहित फुसका घर जल्दा १२ करोड ८४ लाख रुपैयाँ बराबरको क्षति भएको थियो ।

अन्तिम अपडेट: बैशाख २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया