रामेछापका युवा फोहरबाट मोहर बनाउने अभियानमा, उत्पादन नबिक्दा समस्यामा

 बैशाख ११, २०८१ मंगलबार १२:१३:४४ | रासस
unn.prixa.net

फाइल तस्बिर

रामेछाप – रामेछापको मन्थली नगर क्षेत्रमा फोहर विसर्जनको समस्या बढिरहेका बेला केही युवा फोहरबाट मोहर बनाउने अभियानमा जुटेका छन् । कागजजन्य फोहर सङ्कलन गरी अण्डा राख्ने क्रेट बनाएर उनीहरूले नगरको सरसफाइमा योगदान गरेका छन् भने त्यसलाई आय आर्जनको स्रोत पनि बनाएका छन् ।

शहरी क्षेत्रमा फालिएका कागजजन्य वस्तुलाई सङ्कलन गरेर त्यसलाई पुनः प्रयोग गर्ने उद्देश्यले सात जना युवा मिलेर ग्रिन हाइलाइट प्रा.लि. नै स्थापना गरेका छन् । तर फोहोर सङ्कलन गरी उत्पादन गरिएको क्रेट नबिक्दा समस्यामा परेको उनीहरूको गुनासो पनि छ ।

शुरुमा प्रतिगोटा सात रुपैयाँका दरले बिक्ने क्रेट अहिले प्रतिगोटा चार रुपैयाँमा बेच्न पनि मुस्किल छ । बिजुली नियमित नहुने र भारतीय क्रेटसँग प्रतिस्पर्धा गर्न नसक्ने अवस्थाले समस्या परेको उद्योग सञ्चालक सुनिल रायले गुनासो गर्नुभयो ।

शुरुशुरुमा उत्पादन भएका क्रेट स्थानीय रामेछापका बजार, सिन्धुली, दोलखा, ओखलढुङ्गा र काठमाण्डौमा बिक्री गर्ने गरिएको थियो । तर अहिले राम्रो बजार नपाएपछि निर्माण गरिएका क्रेट गोदाममै थन्किएर बसेका छन् । कागजजन्य फोहर प्रतिकिलो १० रुपैयाँका दरले खरिद गरी त्यसलाई प्रशोधन गरेर विभिन्न साइजका अण्डा राख्ने क्रेट बनाउने गरिएको छ ।

यस उद्योगमा महिला एवम् पुरुष गरी १५ जनाभन्दा धेरैले रोजगारी पाएका अर्का सञ्चालक जयराम मानन्धरले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया