खोटाङ हलेसी खेलकुद, साहित्यिक, साङ्गीतिक तथा पर्यटन महोत्सव मूल आयोजक समिति गठन

 बैशाख ११, २०८१ मंगलबार १२:२०:० | उज्यालो सहकर्मी
unn.prixa.net

खोटाङ – खोटाङको दिक्तेलमा आउँदो वैशाख ३१ गतेदेखि शुरु हुने बृहत् खोटाङ हलेसी खेलकुद, साहित्यिक, साङ्गीतिक तथा पर्यटन महोत्सवका लागि मूल आयोजक समारोह समिति गठन भएकाे छ ।

नेपाल खेलकुद प्रतिष्ठान खोटाङको आयोजनामा वैशाख ३१ गतेदेखि जेठ १० गतेसम्म दिक्तेलमा हुने महोत्सव सम्पन्न गर्नका लागि जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईको संयोजकत्वमा महोत्सव मूल आयोजक समारोह समिति गठन भएकाे हो ।

मूल आयोजक समारोह समितिको सदस्य सचिवमा नेपाल खेलकुद प्रतिष्ठानका अध्यक्ष सञ्जयकुमार राई रहनुभएको छ । महोत्सवका लागि नौ वटा उपसमिति गठन भएकाे छ । नेपाल पत्रकार महासङ्घको संयोजकत्वमा प्रचार–प्रसार उपसमिति, प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीको संयोजकत्वमा शान्ति सुरक्षा व्यवस्थापन, खोटाङ यातायात प्रालिका महासचिव रामकुमार हिङमाङको संयोजकत्वमा यातायात व्यवस्थापन उपसमिति गठन भएकाे छ ।

यस्तै जिल्ला खेलकुद विकास समितिका प्रमुख लीलाभक्त केसी संयोजक, वरिष्ठ कराँते प्रशिक्षक बिचारी तामाङ सह–संयोजक र फुटबल भलिबल प्रशिक्षक सागर राई सदस्य रहेको अतिथि स्वागत सत्कार उपसमिति, नेपाल आदिवासी जनजाति जिल्ला समन्वय परिषद्का अध्यक्ष फुर्वा शेर्पाको संयोजकत्वमा सांस्कृतिक झाँकी व्यवस्थापन उपसमिति गठन भएकाे छ । यसैगरी स्वास्थ्य कार्यालय खोटाङको संयोजकत्वमा स्वास्थ्य व्यवस्थापन उपसमिति, सोनामहाङ राईको संयोजकत्वमा ध्वनि व्यवस्थापन उपसमिति, तेक्वान्दो प्रशिक्षक मोहन राईको संयोजकत्वमा स्वयंसेवक व्यवस्थापन उपसमिति तथा दीपक श्रेष्ठ र मिलन कसजु रहेको सचिवालय व्यवस्थापन उपसमिति गठन भएकाे छ ।

अर्को बैठकबाट उपहार तथा मायाको चिनो, सम्मान–पत्र, ताम्रपत्र, कदरपत्र डिजाइन, ट्रफी, पदक र प्रमाणपत्र, ब्यानर तथा पम्प्लेट निर्माण, थप समन्वय र सहकार्य गर्नका लागि उपसमिति गठन गरिने आयोजक नेपाल खेलकुद प्रतिष्ठानका अध्यक्ष राईले जानकारी दिनुभयो । महोत्सव अन्तर्गत एथ्लेटिक्स (हाफ म्याराथन तथा अन्य दौड), राष्ट्रिय कविता प्रतियोगिता र १८ वर्षमुनिको खुला गायन, खुला राष्ट्रिय कराँते प्रतियोगिता हुनेछ । 

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया