तातो हावासँगै देशभर डढेलोका घटना बढ्याे, स्थानीयवासी बस्ती जाेगाउने प्रयास गर्दै

 बैशाख ११, २०८१ मंगलबार १५:१२:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

बाग्लुङकाे वनमा लागेकाे आगाे, तस्बिर : रासस

काठमाण्डाै – तातो हावासँगै देशका धेरै ठाउँमा डढेलोका घटना बढेका छन् । वन तथा भू–संरक्षण विभागको डढेलो अनुगमन प्रणालीको तथ्याङ्कअनुसार अहिले देशका दुई सय ८० वटाभन्दा धेरै ठाउँमा बलिरहेको डढेलो रहेको छ ।

कतिपय ठाउँमा डढेलो निभाउने प्रयास भइरहेको भए पनि धेरै ठाउँमा डढेलो नियन्त्रण बाहिर रहेको छ । स्थानीयवासीले बस्ती जाेगाउनका लागि प्रयास गरिरहेका छन् ।

पछिल्ला केही दिनदेखि डढेलोका घटना बढिरहेका छन् । हिजो एकैदिन देशका चार सय ७७ वटा ठाउँमा डढेलो लागेको थियो । बितेको एक हप्तामा नौ सय वटाभन्दा धेरै ठाउँमा डढेलो लागेको विभागले जनाएको छ । धेरै ठाउँमा डढेलो बस्तीमा पुग्दा कैयौँ घर जलेका छन् ।

यही वैशाख १ देखि हिजो साेमवारसम्मको १० दिनमा देशका विभिन्न ठाउँका संरचनामा भएको आगलागीमा छ जना र डढेलोमा एक जना गरी सात जनाको ज्यान गएको छ । बितेको १० दिनमा संरचनामा हुने आगलागीका घटना दुई सय ५५ वटा भएकामा धेरैजसो डढेलो बस्तीमा पस्दा भएका हुन् । आगलागी र डढेलोबाट १० दिनमा १५ करोड रुपैयाँभन्दा धेरैको क्षति भइसकेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

एक हप्तादेखि लगातार तापक्रम बढेको र तातो हावा चलिरहेकोले अहिले डढेलोको जोखिम अत्यधिक रहेको डढेलोविद् सुन्दर शर्माले बताउनुभयो । नेपालमा धेरैजसो डढेलोका घटना मानवीय लापर्बाहीका कारण हुने भएकोले यो मौसममा आममानिस धेरै सचेत हुनुपर्ने उहाँले बताउनुभयो । डढेलोका कारण देशभर वायु प्रदूषण पनि बढेको छ ।

अन्तिम अपडेट: बैशाख २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया