यो वर्ष विश्वभर १ करोड ७० लाख वटा विद्युतीय गाडी बिक्री हुने अनुमान

 बैशाख ११, २०८१ मंगलबार १५:१८:५८ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आईईए) ले विश्वव्यापी आर्थिक मन्दीका बाबजुद यो वर्ष अर्थात् सन् २०२४ मा विद्युतीय गाडीको बिक्रीमा ठूलो वृद्धि हुने बताएको छ । यो वर्ष विश्वभर एक करोड ७० लाख वटा विद्युतीय गाडीको बिक्री हुने आईईएले अनुमान गरेको समाचार संस्था रोयटर्सले जनाएको छ ।

गएको वर्ष एक करोड ४० लाख वटा कार बिक्री भएका थिए । यो वर्ष विश्वव्यापी रूपमा बिक्री हुने पाँच वटामध्ये कम्तीमा एउटा कार विद्युतीय हुने र यसले सडक यातायातका लागि तेलको मागलाई कम गर्ने खबरमा उल्लेख छ । विद्युतीय कारको बिक्रीसँगै भरपर्दो बिजुली र चार्जिङ पूर्वाधार भविष्यका लागि निकै महत्त्वपूर्ण हुने आईईएले जनाएको छ ।

गएको वर्षको तुलनामा यस वर्षको पहिलो त्रैमासमा विद्युतीय कारको बिक्री २५ प्रतिशतले बढेको छ । सन् २०२० को पूरै वर्षभरि बिक्री भएका विद्युतीय कारको सङ्ख्या जति यो वर्षको तीन महिनामै बिक्री भएको रिपोर्टमा उल्लेख छ ।

विद्युतीय गाडी सबैभन्दा धेरै बिक्री हुने देश चीन बनेको छ । अमेरिकामा नौ वटामध्ये एउटा र युरोपमा चार वटामध्ये एउटा कार विद्युतीय कार बिक्री भएका छन् । तर चीनमा भने पेट्रोलियम इन्धन र विद्युतीय गाडीको बिक्रीदर आधा/आधा रहेको छ ।

ब्याट्रीको मूल्यमा कमी आउँदा विद्युतीय गाडीको भाउ पनि घट्दै गएको छ । बजारमा कम्पनीहरूबीच प्रतिस्पर्धा बढ्दा उपभोक्ताले सस्तोमा विद्युतीय कार पाउन थालेका खबरमा उल्लेख छ ।

अन्तिम अपडेट: बैशाख २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया