मटिहानीमा आगोले एकसय २० वटा घर जलेको प्रारम्भिक विवरण

 बैशाख १३, २०८१ बिहिबार ९:२:२ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

काठमाण्डौ – महोत्तरीको मटिहानी नगरपालिका – ६ जरलहवाहत्ता टोलमा हिजो दिउँसो लागेको आगोले एकसय २० वटा घर जलेको प्रारम्भिक विवरण प्राप्त भएको छ । क्षतिको पूर्ण विवरण सङ्कलनको काम भैरहेको मटिहानीका मेयर हरिप्रसाद मण्डलले जानकारी दिनुभयो ।

आगलागीले बस्ती नै सखाप भएपछि पीडितहरुले खेत र सडकमा रात बिताएका छन् । पीडितहरुलाई नगरपालिकाले त्रिपाल, चिउरा, दालमोठ र चिनीको जोहो गरेको मेयर मण्डलले जानकारी दिनुभयो । मटिहानी उद्योग वाणिज्य सङ्घले पीडितलाई खाना र बस्नका लागि सहयोग गर्न टोली खटाएको छ । नेपाल रेडक्रस सोसाइटीले बाल्टिन र मगसहित राहत सामग्री पुर्‍याएको छ ।

जिल्ला विपत व्यवस्थापन समितिको आज बस्ने बैठकले थप राहतको निर्णय गर्नेछ । तीव्र हावा चलिरहेको बेला हिजो दिउँसो करीब २ बजे  आगलागी भएको थियो । बेलुका अबेर आगो पूर्णरुपमा नियन्त्रणमा आएको जिल्ला दैवी प्रकोप उद्धार समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिनुभयो ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना र भारतीय सुरक्षाकर्मीसहित स्थानीयबासिन्दाको सहयोगमा आगो निभाइएको हो । 

अन्तिम अपडेट: बैशाख २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया