तराई मधेशका नाै वटा जिल्लाकाे अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि

 बैशाख १३, २०८१ बिहिबार १७:५६:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – तराई मधेशका सबैजसो जिल्लामा आज पनि उखरमाउलो गर्मी कायमै रहेको छ । आज तराई मधेशका नाै वटा जिल्लाको अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज भगवानपुर, तिलोत्तमा, लुम्बिनी, भैरहवा, तौलिहवा, वीरगञ्ज, गौर, जनकपुर र मनुसमारामा अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको थियाे । अरू धेरै ठाउँको अधिकतम तापक्रम पनि ४० डिग्रीकै हाराहारीमा पुगेको थियाे ।

तराई मधेशका जिल्लामा दिउँसो मात्रै नभई रातको समयमा पनि अत्यधिक गर्मी हुन थालेको छ । तराई मधेशका जिल्लासँगै मध्यपहाडका उपत्यका तथा खोँचहरूमा पनि गर्मी अत्यधिक बढेको छ ।

यसैबीच स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तातो हावा अर्थात् ‘लू’ बाट बच्न सर्वसाधारणलाई आग्रह गरेको छ । धेरै तातो हावाले मस्तिष्कमा असर गर्ने भएकाले तातो हावा चलेका बेला घरबाहिर ननिस्कन स्वास्थ्यकर्मीले आग्रह गरेका छन् ।

अन्तिम अपडेट: बैशाख २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया