विगतको खराब नतिजालाई बिर्सेर वेस्ट इन्डिजसँगको श्रृङ्खला खेल्छौं : कप्तान पौडेल

 बैशाख १५, २०८१ शनिबार ७:४:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – नेपाली क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले विगतको खराब नतिजालाई बिर्सेर वेस्ट इन्डिज ‘ए’ सँगको टी–२० श्रृङ्खला खेल्ने बताएका छन् । नेपालले आजदेखि घरेलु मैदानमा वेस्ट इण्डिज ‘ए’सँग पाँच खेलको श्रृङ्खला खेल्दैछ ।

एसीसी प्रिमियर कपमा खराब प्रदर्शनपछि नेपालले यो श्रृङ्खला खेल्न लागेको हो । कप्तान पौडेलले प्रिमियर कपबाट सबै खेलाडी निराश रहेपनि त्यसलाई भुलेर अबका खेलमा केन्द्रित रहेको बताएका हुन् । ओमानमा भएको प्रिमियर कपमा नेपाल सेमिफाइनलबाटै बाहिरीएको थियो । एसिया कपमा पुग्न नेपाल असफल भएको थियो ।

वेस्ट इण्डिजका कप्तान रोस्टन चेसले विश्वकपको तयारीका लागि यो श्रृङ्खला महत्वपूर्ण हुने विश्वास व्यक्त गर्दै आफ्ना खेलाडीले प्रमाणीत गर्ने अवसर रहेको बताए । कप्तान चेसले १५ हजार दर्शकमाझ खेल्दा रमाइलो हुने बताए ।

नेपालका प्रशिक्षक मोन्टी देसाईले विश्व क्रिकेटमा ठूलो इतिहास बोकेको वेस्ट इन्डिजसँगको श्रृङ्खलाबाट नेपालले राम्रो तयारी गर्ने विश्वास व्यक्त गरे । वेस्ट इन्डिज ‘ए’ का प्रशिक्षक फ्लोयड रेइफरले श्रृङ्खलामा राम्रो प्रदर्शन गर्ने आशा व्यक्त गर्दै एसोसिएट राष्ट्रलाई सहयोग गर्ने उद्देश्यले पनि नेपाल आएको धारणा व्यक्त गरे ।

हिजो भएको पत्रकार सम्मेलनमा क्यानका सचिव पारस खड्काले वेस्टइन्डिज ‘ए’ सँगको श्रृङ्खलाका लागि बिहीवार घोषणा भएको टोलीमा विनोद भण्डारी, लोकेश बम, कमलसिंह ऐरी र सागर ढकाल पनि थपिएका जानकारी दिए ।

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया