एन्टोनी ब्लिन्केनको चीन भ्रमण : अमेरिकालाई ‘सीमा ननाघ्न’ चीनको चेतावनी

 बैशाख १५, २०८१ शनिबार ८:४३:३८ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

चीन भ्रमणमा रहेका अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले चिनियाँ राष्ट्रपति सी जिनपिङ र समकक्षी वाङ यीसँग भेटवार्ता गर्नुभएको छ । भेटमा अमेरिका र चीनबीचको मतभेदलाई जिम्मेवार ढंगले व्यवस्थापन गर्नुपर्ने विषय प्राथमिकतामा परेको छ । चिनियाँ राष्ट्रपतिले अमेरिका र चीन प्रतिस्पर्धी नभइ साझेदार हुनुपर्नेमा जोड दिनुभएको खबरमा उल्लेख छ ।

बेइजिङमा राष्ट्रपति सीसँगको भेटअघि चीनका विदेशमन्त्री वाङ यीसँग पनि ब्लिन्केनको भेटवार्ता भएको थियो । चीन–अमेरिका दुई देशको सम्बन्ध अहिले स्थिर रहेको र थप बिग्रन नदिनेबारे उहाँहरुबीच छलफल भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

चिनियाँ विदेशमन्त्री वाङले चीनको दृष्टिकोण, अडान र आवश्यकता सँधै एकसमान रहेको बताउनुभयो । उहाँले आफ्ना अमेरिकी समकक्षी ब्लिन्केनलाई चीनको मामिलामा अमेरिकाले ‘सीमा नाघ्न नहुने’ बताएको बीबीसीले उल्लेख गरेको छ । चीन र अमेरिकाबिच अहिले पनि विभिन्न विषयमा तनाव कायमै छ ।

अमेरिकी संसद्ले चिनियाँ स्वामित्व रहेको टिकटकलाई अमेरिकामा प्रतिबन्ध लगाउने कानुन पारित गरेको केही दिनमै उहाँले बेइजिङको भ्रमण गर्नुभएको हो । अमेरिकी विदेशमन्त्री ब्लिन्केन एक वर्षभित्र दोस्रो पटक तीन दिने भ्रमणका क्रममा चीन पुग्नुभएको हो ।

औपचारिक भेटघाटपछि ब्लिन्केनले यदि चीनले युक्रेनमा आक्रमण गर्न प्रयोग हुने वस्तु रुसलाई आपूर्ति गर्न नरोके अमेरिकाले कदम चाल्ने चेतावनी दिएको बीबीसीले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया