आईपीएल क्रिकेटमा आज चेन्नई र लखनउ खेल्दै
बैशाख ७, २०८१ शुक्रबार
अभिनेता सुशान्त सिंह राजपूत एक यस्ता अभिनेता हुन जो अभिनय मात्रै नभई अप्ठ्यारोमा परेका मानिसहरुलाई सहयोग गर्न समत अघि बढ्छन् ।
हालै सार्वजनिक खबरहरुका अनुसार यसपटक पनि उनी कसैको मद्दत गर्न अघि सरेका छन् । केही दिनअघि एउटा संस्थाले आफ्नो इन्स्टाग्राम अकाउन्टमार्फत क्यान्सर पीडित एक बालको तस्विर शेयर गरेर अभिनेता सुशान्त सिंह राजपूतलाई ट्याग गरेको थियो ।
सुशान्तले तस्विर देख्नेबित्तिकै तुरुन्तै सामाजिक संजालमा ती बालकको शीघ्र स्वास्थ्य लाभको शुभकामना दिए । यसका साथै उक्त संस्थालाई सम्पर्क गर्दै ती बालकको परिवारका बारेका जानकारीसमेत लिए । उनी छिट्टै ती बालकलाई भेटेर मद्दत गर्न चाहन्छन् ।
उनले ती बालकको बारेमा जानकारी दिने संस्थालाई धन्यवाद दिँदै आफ्ना फ्यानहरुलाई बालकको शीघ्र स्वास्थ्य लाभको कामना गर्न अनुरोधसमेत गरेका छन् ।
सुशान्त यसपटक मात्रै नभई यसअघि पनि सहयोगका लागि अघि सरिसकेका छन् । केही समयअघि भारतको केरलामा आएको बाढीका कारण घरबारविहीन पीडितका लागि भनेर उनले १ करोड रुपैयाँ सहयोग स्वरुप दिएका थिए ।
त्यतिबेला पनि सुशान्तको सहयोगी भावनाको मिडिया तथा समाजिक संजालमा मानिसहरुले निकै सराहना गरेका थिए । यतिबेला अभिनेता सुशान्त सिंह राजपूत उनी अभिनित फिल्म ‘केदारनाथ’ को प्रोमोशनमा व्यस्त छन् ।
यस फिल्ममा उनी अभिनेता सैफ अली खानकी छोरी सारा अली खानको जोडीको रुपमा देखिनेछन् । २०१८ को डिसेम्बर ७ मा प्रदर्शन हुने फिल्म ‘केदारनाथ’ सारा अली खानको डेब्यू फिल्म हुनेछ ।
याे पनि पढ्नुहाेस्