सहयाेगी मनका धनी सुशान्त सिंह राजपुत

 भदौ ६, २०७५ बुधबार १४:५२:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

बलिउड अभिनेता सुशान्त सिंह राजपुतको व्यवहार निकै मिलनसार रहेको छ । तर कहिलेकाही उनको त्यही मिलनसार व्यवहार अरुले बुझ्न नसक्दा उनले समस्याको सामना गर्नुपर्ने हुन्छ ।

यही कुरा सुशान्त अभिनित फिल्म ‘किजी और मन्नी’ को जमशेदपुरको सेटमा छायाँकनका क्रममा भएको छ । यो फिल्म सन् २०१४मा प्रदर्शन भएको हलिउड फिल्म ‘द फल्ट इन आवर स्टार’ को कथामा आधारित छ । यस फिल्मको निर्देशन मुकेश छाबराले गरिरहेका छन । 

खबरहरुका अनुसार अभिनेता सुशान्त सिंह राजपुत यस फिल्मकी अभिनेत्री सञ्जना सांघीका साथ नजिक हुन खोजिरहेका थिए तर यही फिल्मबाट डेब्यू गरिरहेकी अभिनेत्री सञ्जना सांघीले सुशान्त सिंहको निकटताले असहज महसुस गरेपछि उनले आफ्ना परिवारलाई जानकारी गराएकी थिइन् । 

त्यसपछि सञ्जनाको परिवारले उनलाई सेटबाट फर्किन र उनलाई सहज महसुस भएपछि मात्रै सेटमा कामका लागि जान भनेपछि अहिले यस फिल्मको छायाँकन रोकिएको छ ।

भारतीय मिडियाबाट यस फिल्मका निर्देशक मुकेश छाबरालाई फिल्म प्राविधिक कारणले रोकिएको हो भन्ने प्रश्न गर्दा कुनै प्रतिक्रिया दिएनन् । साथै अभिनेता सुशान्त सिंह राजपुतसँग पनि यही प्रश्न म्यासेज र फोन गरेर सोध्दा उनले पनि कुनै प्रतिक्रिया दिएनन् । 

पछि यस फिल्मको काम सम्हालिरहेको स्टुडियोबाट ईमेल मार्फत जानकारी लिन खोज्दा भने यसको जवाफ स्वरुप आफुहरु आफ्ना कलाकारहरुको सुरक्षाको लागि निकै सतर्क रहेको छायाँकन नरोकिएको जवाफ फर्काएको छ । साथै यस फिल्मको छायाँकन अन्तिम चरणमा पुगिसकेको र सन् २०१९ मै फिल्म प्रदर्शन गर्ने तयारी गरिरहेको जवाफ दिएको छ । 

अर्कोतर्फ अभिनेता सुशान्त सिंह राजपुतले एक यस्तो काम गरेका छन् जसका कारण उनको प्रशंसा भइरहेको छ । भारतको केरलाका बाढी पीडितलाई सहयोग गर्नका लागि सामाजिक सञ्जालमा एकजना फ्यानले सुशान्तसँग सहयोग मागेका थिए ।

ति फ्यानको आग्रहमा सुशान्तले एक करोड रुपैयाँ सहयोग स्वरुप दिएका छन । साथै आफुलाई पीडितहरुलाई सहयोग गर्न प्रेरित गरेकाले यस कुरालाई सामाजिक सञ्जालमा पोष्ट गर्ने बताएका थिए ।  

सुशान्तले ति फ्यानसँग भएको कुरालाई सामाजिक सञ्जालमा सेयर गर्दै आफुले गरेको प्रतिवद्धता पुरागरेको बताएका छन । बलिउडबाट यति धेरै रकम सहयोग स्वरुपदिने सुशान्त पहिलो अभिनेता हुन् ।

यस अघि अभिनेता शाहरुख खानले २१ लाख रुपैयाँ सहयोग स्वरुप दिएका थिए । सुशान्त, शाहरुखका अलावा अनुष्का शर्मा, सनी लियोन, ऋतिक रोशन, अक्षय कुमार लगायतका कलाकारले पनि सहयोग गरेका छन । 

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया