१०१ वर्षीया भगवती भण्डारीले पाइन् नेपालको पहिलो राष्ट्रिय परिचयपत्र

 मंसिर ३, २०७५ सोमबार १७:४३:२० | उपेन्द्र येक्तेन
unn.prixa.net

राष्ट्रिय परिचयपत्र लिँदै १०१ वर्षीया भगवती भण्डारी

पाँचथर – गृहमन्त्री रामबहादुर थापाले नेपालको पहिलो राष्ट्रिय परिचयपत्र १०१ वर्षकी भगवती भण्डारीलाई प्रदान गर्नुभएको छ ।

पाँचथरको फिदिम बजारको शहीद मञ्चमा आयोजित विशेष समारोहबाट राष्ट्रिय परिचयपत्र वितरण कार्यक्रमको सुरुवात भएको हो । फिदिम नगरपालिका–४, शान्तिपुरकी १०१ वर्षीय भगवती भण्डारीलाई गृहमन्त्री थापाले परिचयपत्र वितरण गरेर नेपालको परिचयपत्र वितरणको थालनी गर्नुभएको हो ।

भण्डारी नेपालको राष्ट्रिय परिचय पत्र पाउने पहिलो व्यतिm बन्नुभएको छ । आफूले परिचयपत्र पाएपछि भण्डारीले गृहमन्त्री थापालाई परिचय पत्र वितरण गर्नुभएको थियो । गएको असार ५ गतेबाट पाँचथरमा सुरु भएको राष्ट्रिय परिचय पत्रको विवरण संकलन पनि भण्डारीबाटै सुरु गरिएको थियो ।

राष्ट्रिय परिचय पत्र वितरणको लागि पाँचथर जिल्लामा असारदेखि अहिलेसम्म ५२ हजारभन्दा बढीको विवरण संकलन गरिएको छ । पाँचथरमा सोमबार भगवती र गृहमन्त्री थापालाई राष्ट्रिय परिचयपत्र वितरण गरिएको र मंगलबारदेखि क्रमशः विवरण संकलन गरिएका अन्य नागरिकलाई परिचयपत्र वितरण गरिनेछ ।

पहिलो चरणमा पाँचथरका एक लाख १० हजार नेपाली नागरिक र सिंहदरबार भित्रका सात हजार कर्मचारीलाई परिचयपत्र वितरण गरिने राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागका  महानिर्देशक दीपक काफ्लेले वताउनुभयो ।

यसै आर्थिक वर्षमा प्रदेश १ का झापा र संखुवासभा, प्रदेश २ का महोतरी र सप्तरी, प्रदेश ३ का ललितपुर, रसुवा र चितवन, गण्डकी प्रदेशका तनहुँ र स्याङजा, प्रदेश ५ का कपिलवस्तु र गुल्मी, कर्णाली प्रदेशका सल्याण र जुम्ला तथा सुदूरपश्चिम प्रदेशका कञ्चनपुर र अछाम जिल्लामा राष्ट्रिय परिचय पत्र विवरण संकलन तथा वितरणको थालनी गर्ने विभागले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

उपेन्द्र येक्तेन

पाँचथरका उज्यालो सहकर्मी उपेन्द्र येक्तेन इगल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया