श्रीमानले गरे श्रीमतीको हत्या

 मंसिर ५, २०७५ बुधबार ११:२९:४४ | उपेन्द्र येक्तेन
unn.prixa.net

पाँचथर – फाल्गुनन्द गाउँपालिका–५ फाक्तेपमा श्रीमानले श्रीमतीको धारिलो कुखुरी प्रहार गरी हत्या गरेका छन् । जेठी र कान्छी श्रीमतीबीच झगडा हुँदा ४३ वर्षीय श्रीमान नरबहादुर चेम्जोङले ४४ वर्षीया जेठी श्रीमती इन्द्रमाया चेम्जोङको हत्या गरेको प्रहरी चौकी पञ्चमिका इन्चार्ज पेलेङ्गसिं धिमालले बताउनुभयो ।

इन्चार्ज धिमालका अनुसार मंगलबार साँझ दुई श्रीमतीबीच झगडा भएको र नरबहादुरले जेठी श्रीमतीको घाँटि र टाउकोमा खुकुरीले प्रहार गर्दा घटनास्थलमै ज्यान गएको हो । जेठी श्रीमतीको हत्या गरेर फरार भएका नरबहादुरलाई राति नै नवमिडाँडा प्रहरीले पक्राउ गरेको छ । 

उनलाई जिल्ला प्रहरी कार्यालय पाँचथरमा राखिएको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको पाँचथर प्रहरीले जनाएको छ । हत्या गरिएका इन्द्रमायाको एक छोरी छिन् भने कान्छिपट्टिका एक छोरा र एक छोरी रहेका छन् ।

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

उपेन्द्र येक्तेन

पाँचथरका उज्यालो सहकर्मी उपेन्द्र येक्तेन इगल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया