कपिलवस्तुमा ऐतिहासिक रामघाट मेलाको रौनक

 मंसिर ७, २०७५ शुक्रबार १४:४७:३० | गोपाल भण्डारी

कपिलवस्तु – प्राचीन तथा धार्मिक महत्व बोकेको कपिलवस्तुको रामघाट मेला भर्न हजारौँ श्रद्धालु भक्तजनहरुको घुइँचो लागेको छ । 

गएका वर्षहरुमा जस्तै प्राचीन भागिरथी नदी(रामघाट) मा स्नान गर्न यसवर्ष पनि निक्कै टाढा–टाढाबाट श्रद्धालु भक्तजनहरु आएका छन् । धार्मिक दृष्टिकोणले महत्वपूर्ण मानिने वाणगंगा नदीको रामघाटमा मेला भर्न दिनभरजसो भक्तजनहरुको ओइरो लागेको छ । 

शुक्रबार बिहानदेखि हजारौँ भक्तजनहरुले रामघाटमा स्नान गरी नजिकैको रामजानकी मन्दिरमा पूजाआजा गर्नका लागि घुइँचो लागेको छ । कात्तिक शुक्ल पूर्णिमाको दिन यहाँ स्नान गरी नजिकैको रामजानकी मन्दिरमा पूजाआजा गर्नाले पूण्य फल मिल्ने धार्मिक विश्वास रहँदै आएको छ । 

त्रेता युगमा भगवान राम वनवास जाने क्रममा रामघाट आइपुग्दा पानी प्यास लागेपछि वाण हानेर पानी निकालेको धार्मिक जनविश्वास छ । भागवान रामले वाण हानेर पानी निकालेको हुँदा यस ठाँउको नाम रामघाट रहन गई धार्मिक तीर्थस्थल भएको जन विश्वास रहँदै आएको कपिलवस्तु नगरपालिका –२, का वृद्ध समाजसेवी पशुपतिमणि त्रिपाठीले बताउनुभयो । 

हरेक वर्षको कार्तिक शुक्ल पूर्णिमाका दिन यहाँ मेला लाग्ने गर्दछ । यसैगरी कपिलवस्तुको लक्ष्मणघाट र बर्गदीघाटमा समेत मेला भर्न हजारौँ भक्तजनहरु आएका छन् । मेलाकै अवसर पारेर सदरमुकाम तौलिहवाका सामुदायिक तथा निजी विद्यालयहरुलाई आज एक दिन स्थानीय बिदासमेत दिइएको छ । 

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

गोपाल भण्डारी

गोपाल भण्डारी कपिलवस्तुका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया