सुजाताको घरमा फेरि लञ्चकाे बहानामा किन भेला भए देउवा इतरका कांग्रेस नेता ?

 मंसिर ११, २०७५ मंगलबार १८:३४:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – नेपाली कांग्रेस नेतृ सुजाता कोइराला निवास मण्डिखाटारमा मंगलबार नेतृत्व इतर पक्षको भेला बसेको छ । नेतृ कोइरालाले लञ्चसहितको भेलाको आयोजना गर्नुभएको हो । 

गएको कात्तिक २६ गते पनि नेतृ कोइरालाले वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका नेताहरुको भेला गर्नु भएको थियो । 

अघिल्लो भेलामा सहभागी नभएका कृष्णप्रसाद सिटौला, गगन थापालगायतका नेता पनि मंगलबारको भेलामा भने सहभागी भएका छन् ।  

भेलामा अर्जुननरसिंह केसी, डा.रामशरण महत, सिटौलाका साथै गगन थापा, चन्द्र भण्डारी, प्रदीप पौडेल, गुरुराज घिमिरे, धनराज गुरुङ, बलबहादुर राई, जीवन परियारलगायतका नेताहरु सहभागी भएका भएका थिए ।

अघिल्लो बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, शेखर कोइराला सहभागी थिए । मंगलबारको बैठकमा भने उनीहरु उपस्थित थिएनन् । अर्जुननरसिंह केसी र डा.रामशरण महत भने दुवै बैठकमा सहभागी बनेका छन् ।  

मंसिर अन्तिम साता हुने पार्टीको महासमिति बैठकमा कसरी प्रस्तुत हुने भन्ने बारेमा आन्तरिक रणनीति तयार गर्न भेला बसेको भेलामा सहभागी एक नेताले जानकारी दिए ।  

नेताहरुले विधान र राजनीतिक प्रतिवेदनबारे पनि छलफल गरेर साझा धारणा बनाउनु पर्नेमा जोड दिएको ती नेताले बताए ।  

भेलाको सुरुमै नेतृ कोइरालाले छलफल आफ्नो पदीय लाभका लागि नभई पार्टीलाई सुदृढ बनाउन सहयोग पुगोस् भन्ने उदेश्यले राखेको प्रष्ट पार्नु भएको थियो । 

पार्टी नेतृत्वलाई एकलौटी ढंगले हिँड्नबाट रोक्न यस्ता खालका अनौपचारिक भेलालाई पनि जारी राख्न नेतृ कोइरालाले आफ्नो धारणा राखेको भेलामा सहभागी नेताले बताए । 
 
 

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया