बाह्रबिघा मैदान र ३३ वटा पोखरी सम्बर्द्धन गर्न २ अर्ब १० करोड

 मंसिर ११, २०७५ मंगलबार १९:१०:२१ | शैलेन्द्र महतो
unn.prixa.net

धनुषा – सरसफाई तथा पोखरी सम्बर्द्धनको लागि जनकपुरधाम उप–महानगरपालिका र खानेपानी मन्त्रालयबीच दुई अर्ब १० करोड रुपैयाँको सम्झौता भएको छ ।

जनकपुरधामको ३१ वटा पोखरी र बाह्रबिघा मैदानलाई अन्तर्राष्ट्रिय स्तरको मैदान बनाउन उपमहानगरपालिका र मन्त्रालयका पदाधिकारीबीच मंगलबार सम्झौता भएको हो ।

सम्झौतामा जनकपुरधाम उप–महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत र वडा नं. २५ का वडाध्यक्ष उमेश यादव र खानेपानी मन्त्रालयका सीडीइ रामकुमार श्रेष्ठ, महानिर्देशक सुनिलकुमार दास र आयोजना तर्फबाट इञ्जिनियर सुधिरकुमार साहले हस्ताक्षर गर्नुभएको छ ।

आयोजना प्रमुख विद्यानाथ भट्टराई र मेयर लाल किशोर साहले प्रमाणिकरण गर्नुभएको छ । महानिर्देशक सुनिलकुमार दासको अध्यक्षतामा सोमबार बसेको बैठकबाट उक्त सम्झौता गरिएको हो । 

अन्तिम अपडेट: बैशाख २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

शैलेन्द्र महतो

शैलेन्द्र महतो उज्यालोका धनुषा सहकर्मी हनुहुन्थ्यो। 

तपाईको प्रतिक्रिया