लोकन्थलीको सडकमा भेटियो शव

 मंसिर १९, २०७५ बुधबार १७:४१:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

भक्तपुर – मध्यपुर थिमि नगरपालिका–१, लोकन्थलीमा बुधबार एक पुरुषको शव फेला परेको छ ।

पर्सा जिल्ला ठोरी गाउँपालिका ३ घर भई लोकन्थली बस्दै आएका ४८ वर्षका किरण पन्तको शव बेवारिसे रुपमा सडकमा फेला परेको प्रहरीले जनाएको छ । उपचारको लागि भक्तपुर अस्पताल लगिएकोमा अस्पतालले मृत घोषणा गरेको महानगरीय प्रहरी परिषर भक्तपुरका प्रहरी नायव उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिनुभयो ।

पन्तको शव परीक्षणका लागि भक्तपुर अस्पताल राखिएको र घटनाको अनुसन्धान सुरु भएको पोखरेलले जानकारी दिनुभयो ।
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया