रियल मड्रिडको प्रशिक्षक भएको भन्दै लोपेटेगी स्पेनको मुख्य प्रशिक्षकबाट हटाइए

 जेठ ३०, २०७५ बुधबार १६:२९:४७ | एजेन्सी

रियल मड्रिडको मुख्य प्रशिक्षकमा नियुक्त भएको केही समयमै स्पेनिस राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक जुलेन लोपेटेगी पदच्यूत भएका छन् ।
 

स्पेनिस फुटबल फेडेरेशनले रियल मड्रिडमा नियुक्त हुनेबारे संघसँग सल्लाह नगरेको भन्दै विश्वकप सुरु हुनु एक दिनअघि लोपेटेगीलाई बर्खास्त गर्ने निर्णय गरेको हो ।
 
स्पेनले आउँदो शुक्रबार पोर्चुगलविरुद्धको खेलसँगै विश्वकपको सुरुआत गर्दैछ । विश्वकप फुटबल बिहीबारदेखि रुसमा सुरु हुँदैछ ।

मलार्इ थाहा छ याे अत्यन्तै कठिन अवस्था हाे । मलाइ थाहा छ मैले जे गरे पनि अालाेचना हुनेवाला छ । स्पेनी फुटबल महासंघका सभापति लुइ रुबिअालेसले भने । उनलार्इ लोपेटेगीकाे नयाँ भूमिकाबारे अाैपचािरक घाेषणा हुनुभन्दा ५ मिनेट अगाडिमात्र जानकारी गराइएकाे थियाे ।

उनले भने कसैले पनि यस्ताे गर्नुहुँदैन, विशेष गरी विश्वकप सुरु हुनुभन्दा दुइ तीन दिन अगाडि । हामी याे निर्णय लिन बाध्य भयाै‌ं ।

लोपेटेगी  भिन्सेण्ट डेल बस्ककाे अवकाशपछि सन् २०१६ मा स्पेनकाे प्रशिक्षक भएका थिए । उनकाे कार्यकालभरी स्पेन अपरािजत रहेकाे  थियाे । स्पेनले लोपेटेगीकाे प्रशिक्षणमा खेलेकाे २० मध्ये १४ खेल जितेकाे र बाँकी ६ खेलमा बराबरी खेल्दै अपराजित रहेकाे  थियाे । 

 

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया