रेड स्टारलाई ४ –१ ले हराउँदै पीएसजी अन्तिम १६ मा

 मंसिर २६, २०७५ बुधबार ७:०:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

युरोपियन फुटबल प्रतियोगिता च्याम्पियन्स लिगको समूह सीमा स्विस टिम रेड स्टारलाई चार एकको भारी अन्तरले हराउँदै पीएसजी विजेताका रुपमा अन्तिम १६ मा पुगेको छ । रेड स्टार विरुद्धको जितका लागि खेलको नौ मिनेटमा काभानीले पहिलो गोल गरेका थिए ।

त्यसपछि ४० औं नेइमारले गोल गर्दै अन्तर दुई शून्यमा पुर्‍याए । तर ५६ औं मिनेटमा रेड स्टारले गोल फर्काउदै अन्तर कम गरेको थियो । रेड स्टारका लागि मार्को गोबेल्जिकले ५६ औँ मिनेटमा गोल गरेका थिए । 

७४ औं मिनेटमा र्माक्विनोसको गोलमार्फत पिएसजीले खेल तीन एकमा पुर्याए । खेलको इन्जुरी समयमा केलियन एम्बाप्पे अर्को गोल गरेपछि पिएसजी चार एकले विजयी भयो ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया