विदेशी पुरुषसँग यौनसम्बन्ध नराख्न रुसी महिलालाई सांसदको आग्रह

 जेठ ३१, २०७५ बिहिबार १८:१७:४६ | एजेन्सी

रुसकी एक महिला सांसदले विश्वकपको समयमा रुसी महिलालाई फुटबलका विदेशी प्रशंसकसँग यौनसम्बन्ध कायम नराख्न आग्रह गरेकी छिन् ।

रुसी संसदको पारिवारिक समितिकी प्रमुख समेत रहेकी सांसद तमारा पलेनेवाले एउटा रेडियोसँग कुरा गर्दै विदेशी प्रशंसकसँग यौनसम्बन्ध राख्ने र मिश्रित प्रजातिका बच्चाको एकल आमा नबन्न आग्रह गरेकी हुन् । 

गोविरिट मोस्कवा रेडियो स्टेसनसँग कुरा गर्दै कम्युनिष्ट पार्टीबाट सांसद बनेकी पलेनेवाले विश्वकप हेर्न आएका विदेशी प्रशसंसग डेट नजान रुसी महिलाहरुलाई अपील गरेकी छिन् । उनले भनेकी छिन्, ‘ रुसले आयोजना गरेको विश्वकपको अर्थ रुसी युवतीहरु कसैसँग भेटेर बच्चा पाउने काम मात्र नहोस्, म आशा गर्छु त्यस्तो हुने छैन ।’

उनले सन् १९८० मा मस्कोमा आयोजित ओलम्पिक खेलसँग तुलना गर्दै त्यतिबेला जस्तो असामान्य सम्बन्धका कारण स्थानीय महिला गर्भवती बन्नु नपरोस् भनेकी छिन् । उनले यस्तो अवस्थामा विदेशी पुरुषले रुसी महिलालाई छोडिदिने र घरबार नै बिग्रिने सम्भावना रहेकोले यस्तो आग्रह गरेको बताएकी छिन् । 
 

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया