झुटो भरपाई बनाई सामाजिक सुरक्षा भत्ता लिने २ कर्मचारीविरुद्ध अदालतमा मुद्धा

 पुस ३, २०७५ मंगलबार १४:२२:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – सिरहाको साविकको रामपुरविर्ता गाविसका २ जना कर्मचारीविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचारको मुद्धा दायर भएको छ । 

सामाजिक सुरक्षा भत्ता वितरणमा अनियमितता गरेको भन्दै उनीहरुविरुद्ध झण्डै १० लाख ८४ हजार रुपैयाँ बिगोसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारविरुद्धको मुद्धा दायर गरेको हो ।

प्राविधिक सहायक प्रदिप ठाकुरले आफ्नो बुवा र आमाको उमेर बढाएर जेष्ठ नागरिकको सामाजिक सुरक्षाभत्ता केही वर्षदेखि बुझ्दै आएको र ठाकुरले मृतक व्यक्तिको समेत भत्ता निकासा गरी आफैले लिइरहेको अख्तियारको दावी छ । 

ठाकुरले सामाजिक सुरक्षा भत्ता वितरण गर्दा ५ सय ४६ वटा भरपाईमा आफैले औँठाछाप लगाई नौ लाख बैसठ्ठी हजार रुपैयाँ पनि आफैँले लिएको खुल्न आएको अख्तियारका प्रवक्ता रामेश्वर दंगालले जानकारी दिनुभयो ।

यस्तै कार्यालय सहयोगी राजकुमार महराले ६६ वटा भरपाईमा आफैले औँठाछाप लगाई १ लाख २२ हजा रुपैयाँ बराबरको रकम वितरण गरेको भनि झुटो भरपाई बनाई सामाजिक सुरक्षाबापतको सरकारी रकम आफैले दिएको अख्तियारको ठहर छ । 
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया