बुण्डेस लिगामा बोरुसिया डोर्टमण्डकाे हार

 पुस ४, २०७५ बुधबार ८:०:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

बोरुसिया डोर्टमण्ड बुण्डेस लिगा अन्तर्गत मंगलबार राति भएको खेलमा पराजित भएको छ । 

डोर्टमण्ड फोर्टुना डुसेलडर्फसँग २–१ ले स्तब्ध हुँदा सिजनको पहिलो हार ब्यहोर्न बाध्य भयो । यो पराजयसँगै डोर्टमण्डले अग्रता नौ अंक पुर्‍याउने मौका पनि गुमाएको छ । 

२२औं मिनेटमा डोडी लुकेबाकियोले २२औं मिनेटमा गोल गर्दै फोर्टुनालाई अग्रता दिलाएका थिए । ५६औं मिनेटमा जिन जिम्मरले गोल गर्दै फोर्टुनाको अग्रता २–० मा लम्ब्याए । 

खेलको अधिकांस बल पोसेसन आफ्नो पक्षमा राखेको डोर्टमण्डले १५ वटा सट प्रहार गरेको थियो । तर ८१औं मिनेटमा पाको अल्कासरले गोल गरेपछि अग्रता २–१ मा पुर्‍यायाे । 

तालिकामा बोरुसिया डोर्टमण्ड ३९ अंकसहित शीर्ष स्थानमा छ भने फोर्टुना डुसेलडोर्फ १५ अंक सहित १५औं स्थानमा छ । 

दोस्रो स्थानको बोरुसिया मोन्चेनग्लाडबाकले भने नर्नबर्गमाथि २–० को जित निकालेको छ । जितसँगै मोन्चेनग्लाडबाकले ३३ अंक बनाएको छ ।

अन्तिम अपडेट: चैत २७, २०८०

तपाईको प्रतिक्रिया