समयमै दमकल पुगेन, काँकडभिट्टामा २२ घर जले

 पुस १३, २०७५ शुक्रबार १५:३०:४५ | सुश्मा राजवंशी
unn.prixa.net

झापा – दमकल समयमा नपुग्दा झापाको मेचीनगर ६ काँकडभिट्टामा गएराति भएको आगलागीबाट २२ घर पूर्ण रुपमा जलेर नष्टभएको छ ।

घरसहित घरभित्रका सामान सबै जलेर खरानी हुँदा पीडित परिवारको यतिबेला बिचल्ली भएको छ । राति झण्डै ८ बजे स्थानीय छबिलाल आङ्दाम्बेको घरमा बालिएको मैनबत्ति लड्दा ग्यास सिलिन्डरमा आगो सल्किएपछि सिलिन्डर पड्किएर सुरु भएको आगोले छेउछाउका २२ घर पुरै खरानी बनाउनका साथै आसपासका घरमा समेत क्षति पुग्यो ।

समयमा दमकल आइनपुग्दा बढी क्षति हुनबाट बचाउन नसकिएको स्थानीय आगलागी पीडित धनवीर तामाङले बताउनुभयो । मेचीनगर नगरपालिकाको दमकललाई जानकारी गराएको आधा घण्टापछि मात्र दमकल आगलागीस्थल पुगेको प्रति स्थानीयहरुले आक्रोश पोखेका थिए ।

यसैबीच शुक्रबार बिहानै पीडित परिवारलाई जिल्ला रेडक्रस सोसाइटी झापाले राहत सामाग्री वितरण गरेको छ । सीडीओ जनकराज दाहाल र नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालको नेतृत्वमा गएको टोलीले प्रति परिवारलाई ९ हजार बराबरका सामाग्री वितरण गरेको छ ।

प्रतिपरिवार २ वटा त्रिपाल, २ वटा ब्लाङकेट, १८ मिटर विभिन्न खालका कपडा, एउटा साडी, एक सेट भाँडाकुँडा, बाल्टीसहित विभिन्न समाग्री वितरण गरेको जिल्ला रेडक्रस सभापति ढकालले जानकारी दिनुभयो ।

यसैबीच नेकपाका कार्यकर्ताहरुले बिहानै पीडित कहाँ पुगेर प्रति परिवार १० हजार र सोही घरहरुमा भाडामा बस्तै आएकालाई ५ हजार नगद समेत वितरण गरेका छन् । नेकपाका कार्यकर्ताहरुले पीडितहरुका लागि राहत संकलन पनि सुरु गरेको छ भने अन्य संघसंस्थाले पनि राहत संकलन शुरु गरेका छन् ।  

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुश्मा राजवंशी

झापामा बसेर पत्रकारिता गर्ने सुश्मा राजवंशी उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया