६ श्रमिक बालकको उद्धार

 पुस १७, २०७५ मंगलबार १४:४३:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

दाङ – दाङको घोराही बजार क्षेत्रका विभिन्न पसलहरुमा काम गर्दै आएका ६ जना बालश्रमिकलाई उद्धार गरिएको छ ।

घोराही उपमहानगरपालिका र युनिसेफको सहयोगमा हिमालयन शान्ति तथा विकास अभियान हिप्डेकले बजार क्षेत्रका विभिन्न पसलहरुबाट उद्धार गरेका बालकलाई मंगलबार परिवारको जिम्मा लगाएको हो ।

गाडी धुने काम, जुत्ता पसल, होटल, ग्यारेजलगायतका क्षेत्रमा काम गर्दै आएका बालकलाई उद्धार गरेर पढाई खर्च र शैक्षिक सामाग्रीसहित परिवारमा पुनस्र्थापना गरिएको हो ।

घोराही उपमहानगरपालिकाका उपप्रमुख सीता सिग्देल न्यौपाने, प्रमुख प्रशासकीय अधिकृत सन्तबहादुर सुनार र हिप्डेकका सचिव शदर अधिकारीले श्रमिक बालकहरुलाई परिवारको जिम्मा लगाउनुभएको हो ।

ती बालकहरुको पढाई खर्च जुटाउन आयआर्जनका लागि १५ हजार रुपैयाँ अभिभावकलाई दिइएको छ भने बालकहरुलाई विद्यालय पोषाक, झोला, कापी, कलम उपलब्ध गराइएको छ । नगर उपप्रमुख न्यौपानेले बालबालिकालाई काममा लगाउन नपाइने भन्दै इमान्दारीका साथ घरमा लगेर पढाउन आग्रह गर्नुभयो ।

मुलुकी अपराधसंहित ऐनले १४ वर्ष मुनिका बालबालिकालाई काममा लगाउन नपाइने उल्लेख गरेको भन्दै उहाँले परिवारमा पुनर्स्थापना गरिएको बालकहरुको अवस्थाका बारेमा अनुगमन भैरहेको भन्दै सचेत गराउनुभयो ।


 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया