मौसम : बादलले ढाक्यो आकाश, पानी पर्ने सम्भावना छैन

 पुस २५, २०७५ बुधबार ८:३८:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – उपत्यकासहित देशका धेरै ठाउँमा बुधबार बिहानैदेखि बादल लागेको छ । पश्चिमी वायुको कारण देशभरको मौसममा बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

मौसमविद् सुजन सुवेदीका अनुसार दिउँसो भने विस्तारै बादल हटेर घाम लाग्ने सम्भावना छ । बुधबार राति पश्चिम पहाडी र पुर्वी तराईमा मौसम बद्लीको सम्भावना रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो ‘तर पानी पर्ने सम्भावना भने छैन । यी ठाउँमा पश्चिमी वायुको थोरै प्रभाव अझै रहेकाले बदली हुने सम्भावना रहेको हो ।’

बिहीबार भने देशभरको मौसम सामान्यतया सफा नै हुनेछ । शुक्रबारदेखि केही दिन मौसम बदली हुने सम्भावना रहेको मौसमविद् सुवेदीले बताउनुभयो । काठमाडौं उपत्यकाको बुधबार बिहानको न्युनतम तापक्रम ४ दशमलव ५ डिग्री सेल्यियस मापन गरिएको महाशाखाले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया