डाक्टर उपेन्द्र देवकोटाको अन्त्येष्टि अाज

 असार ५, २०७५ मंगलबार ८:१३:४५ | उज्यालो सहकर्मी

काठमाडाैं - वरिष्ठ न्यूरोसर्जन डाक्टर उपेन्द्र देवकोटाको मंगलबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने भएको छ ।

६५ बर्षको उमेरमा सोमबार काठमाडौको बाँसबारीमा रहेको न्युरो अस्पतालमा निधन भएका देवकोटाको मंगलबार  पशुपति आर्यघाटमा अन्त्येष्टि गर्ने तयारी रहेको अस्पतालले जनाएको छ ।

उहाँको पार्थिव शरीर मंगलबार १ बजेसम्म श्रद्धाञ्जलीका लागि अस्पताल परिसरमै राखिने र त्यसपछि महाराजगञ्ज-चावहिल-गौशाला हुँदै पशुपति आर्यघाटमा रहेको विद्युतीय शवदाह गृहमा अन्त्येष्टि गर्ने तयारी गरिएको हो । 

उहाँको काजकिरीया ७ दिनमै सक्ने तयारी गरिएको पारिवारिक श्रोतले जनाएको छ । पित्तथैलीको क्यान्सर भएका डाक्टर देवकोटाले बेलायतको किंग्स अस्पतालमा उपचार गराएपनि रोग निको नहुने भएपछि न्युरो अस्पतालकै आईसीयूमा उपचार गराइरहनुभएको थियो ।

पछिल्लो समय उहाँका दुवै मृगौलाले पनि काम गर्न छोडेका थिए । प्राण त्याग्नुअघि उहाँले आफु जन्मेहुर्केको गाउँ जाने इच्छा व्यक्त गरेपछि हेलिकोप्टरमा राखेर गोरखाको बोहोरागाउँ पुर्याइएको थियो । 

डाक्टर देवकोटाका श्रीमती र तीनजना छोरीहरु हुनुहुन्छ । 

अध्ययनपछि बेलायतमा नै न्यूरो सर्जरी सुरु गरेका देवकोटा स्वदेशमा नै काम गर्ने भन्दै नेपाल फर्कनुभएको थियो । वीर अस्पतालमा मष्तिस्कको शल्यक्रिया उहाँले नै सुरु गर्नुभएको थियो ।

पछि उहाँले बाँसबारीमा न्यूरो अस्पताल स्थापना गर्नुभयो । डाक्टर देवकोटा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनकालमा स्वास्थ्यमन्त्री पनि बन्नुभएको थियो । 

 
 

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया