चलचित्र ‘घर’को छायांकन सुरु

 माघ ९, २०७५ बुधबार ११:२८:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

अभिनेता तथा निर्देशक अर्पण थापाले निर्देशन गर्ने भनिएको चलचित्र ‘घर’को छायांकन सुरु भएको छ । सोमबार काठमाण्डौको बुढानिलकण्ठ मन्दिरमा पूजा गर्दै चलचित्रको छायांकन सुरु गरिएको हो ।

शर्मिला पाण्डेको लगानीमा निर्माण गर्न लागिएको चलचित्रको छायांकन २० दिनभित्रमा सक्ने चलचित्र युनिटको योजना रहेको छ । हामीले २० दिनभित्र चलचित्रको छायांकन सक्ने लक्ष्य राखेका छौँ तर चलचित्रको सबै कामलाई समय दिएर गर्ने छौ चलचित्रका निर्देशक थापाले भने । 

चलचित्र ‘घर’ हरर जनरामा रहेर निर्माण गर्न लागिएको बुझिएको छ । चलचित्रमा अर्पण स्वयंको प्रमुख भूमिका रहने रहने छ । अर्पणसँगै नायिकाद्वय वेनिशा हमाल, सुरक्षा पन्त अस्मिता खनाललगायतको मुख्य भूमिका रहनेछ । निर्देशक तथा कलाकार अर्पण थापाले नै चलचित्रको कथा तयार पारेका हुन् ।

काठमाण्डौको बुढानिलकण्ठ आसपासमा नै चलचित्रको छायांकन सम्पन्न गर्ने चलचित्र निर्माता दीपेन्द्र के खनालले बताए । 

– उज्यालो र गफगाफ डटकमकाे सहकार्य
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया