क्यानडाका प्रधानमन्त्रीद्वारा चीनका लागि क्यानडेली राजदूत जोन म्याकालम बर्खास्त

 माघ १३, २०७५ आइतबार १९:१९:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले चीनका लागि क्यानडेली राजदूत जोन म्याकालमलाई बर्खास्त गर्नुभएको छ ।

प्रधानमन्त्री ट्रुडोले विज्ञप्ति निकालेर आफूले म्याकालमलाई राजीनामा दिन आग्रह गरेको उल्लेख गर्नुभएको छ । तर यसको कारण भने खुलाइएको छैन । चिनियाँ टेलिकम तथा मोबाइल कम्पनी हुआवेका प्रमुख वित्त अधिकृत मेङ्ग वान्खाको पक्राउ तथा त्यसपछिको अवस्थाका बारेमा गरेको विवादास्पद टिप्पणीका कारण म्याकलमलाई बर्खास्त गरिएको बीबीसीले जनाएको छ ।

म्याकालमले गएको मंगलबार अमेरिकाले मेङ्गलाई पक्राउ गर्न गरेको आग्रह र त्यसपछिको प्रक्रिया गम्भीर त्रुटिपूर्ण रहेको बताउनुभएको थियो ।

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया