तान्जानियामा बाढीका कारण १ सय ५५ जनाको ज्यान गयो

 बैशाख १४, २०८१ शुक्रबार १३:०:११ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

तान्जानियामा भएको भारी वर्षापछिको बाढी र पहिरोमा परि कम्तीमा एक सय ५५ जनाको ज्यान गएको छ । एल निनो नामको वर्षाका कारण साढे दुई सय जनाभन्दा बढी घाइते भएका छन् ।

वर्षाका कारण साढे दुई लाख जनाभन्दा धेरै मानिस प्रभावित भएका छन् । तान्जानियाका विभिन्न स्थानमा तीव्र हावा, बाढी र पहिरोसँगै आएको भारी एल निनो वर्षाले ठूलो क्षति पुगेको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।

वर्षा र बाढीका कारण जनधनको क्षतिसँगै खेतीपाती र सर्वसाधारणको घर बगाएको छ । बाढीले सडक, पुल र रेल्वेजस्ता पूर्वाधारमा समेत क्षति पुगेको खबरमा उल्लेख छ । त्यहाँको मौसम विभागले अर्को महिनासम्म एल निनो वर्षा जारी रहने प्रक्षेपण गरेको छ ।

एल निनो वर्षाको असर छिमेकी केन्या र बुरुन्डीमा पनि परेर बाढी गएको छ । बाढीका कारण त्यहा पनि मानवीय सङ्कट देखिएको छ ।

अन्तिम अपडेट: बैशाख २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया