इटहरी गोल्डकपमा मनाङ मर्स्याङ्दी र पुलिस क्लब खेल्दै

 माघ १७, २०७५ बिहिबार ९:२१:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

सुनसरी – मदनभण्डारी स्मृति अन्तर्राष्टिय आमन्त्रण इटहरी गोल्डकपको अन्तिम सेमिफाइनलमा बिहीबार मनाङ मर्स्याङ्दी क्लब र विभागीय टिम नेपाल पुलिस क्लब खेल्दैछन् ।

खेल दिउँसो तीन बजे इटहरीको क्षेत्रीय रंगशालामा सुरु हुनेछ । यसअघि बुधबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा मेची नेत्रालय काकडभिट्टा फुटबल ट्रेनिंग सेन्टरलाई ४–१ को फराकिलो गोल अन्तरले हराउँदै त्रिभुवन आर्मी उपाधि नजिक पुगिसकेको छ । 

१६ लाख पुरस्कार राशी भएको इटहरी गोल्डकपको बिहीबारको बिजेताले उपाधिका लागि शनिबार आर्मीसँग खेल्नेछ ।
       
 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया