मेस्सी र राेनाल्डाे हुँदाहुँदै उत्कृष्ट खेलाडी बन्लान् त इंग्ल्याण्डका कप्तान ह्यारी केन ?

 असार ६, २०७५ बुधबार १३:१८:१ | उज्यालो सहकर्मी

टोटेनह्यामका स्ट्राइकर तथा विश्वकप २०१८ मा इंग्ल्याण्डका कप्तान ह्यारी केनले ट्युनिसियाविरुद्ध २ गोल गरेर पहिलो जित दिलाए ।

हालसम्म रियल मड्रिडका स्टार स्ट्राइकर क्रिश्टियानो रोनाल्डो र बार्सिलोनाका स्ट्राइकर लिओनेल मेस्सीले बराबर ५-५ पटक बालन डो'र को उपाधि पाएका छन् ।
बालन डो र प्रत्येक वर्ष विश्वकै उत्कृष्ट फुृटबल खेलाडीलाई प्रदान गरिने पुरस्कार हो ।

‘आफूलाइ कुनै पनि सीमाभित्र नराख्नुहोस् । कसैले पनि यस्तो गर्नुहुँदैन ’ , केनले भने ।  केनले पछिल्ला ४ सिजनमा १३५ गोल गरिसकेका छन् ।

त्यसमध्येको ४१ गोल गएको उनले सिजनमा टोटनह्यामलाई प्रिमियर लिगमा तेस्रो स्थान दिलाउने क्रममा गरेका हुन् । उनले इंग्ल्याण्डको राष्ट्रिय टिमबाट खेलेको २५ खेलहरुमा जम्मा १५ गोल गरेका छन् । 

उनले विश्वकप २०१८ को इंग्ल्याण्डको पहिलो खेलमै दुई गोल गर्दा एउटा रेकर्ड बनाएका छन् । 

उनी ग्यारी लिनेकरपछि विश्वकपको एकै खेलमा इंग्ल्याण्डका तर्फबाट दुई गोल गर्ने पहिलो खेलाडी बनेका छन् । लिनेकरले सन् १९९० मा इटलीविरुद्ध एकै खेलमा इंग्ल्याण्डका तर्फबाट दुई गोल गर्दै या रेकर्ड बनाएका थिए ।

उनको यो रेकर्ड पछिल्लो २८ वर्षमा कसैले भेट्न सकेका थिएनन् । 

अहिलेका बालन डो'र विजेता क्रिश्टियानो रोनाल्डोको रियल मड्रिडका लागि ४३८ खेलमा ४५० गोल गरेमा छन् भने लगातार तीनपटक च्याम्पियन्स लिग पनि जिताएका छन् । 
त्यसै गरी अघिल्लो सिजनका ल लिगा विजेता बासिैलोनाका लागि स्टार स्ट्राइकर मेस्सीले ५५२ गोल गरेका छन् ।

केनले भने, ‘सर्वोत्कृष्ट खेलाडी हुनका लागि विशाल लक्ष्य लिनुपर्छ । सानो लक्ष्य लिए। हुँदैन ।’ 

रोनाल्डो र मेस्सी दुवै उत्कृष्ट खेलाडी भएको बताउँदै उनले भने, ‘रोनाल्डो र मेस्सी दुवै उत्कृष्ट खेलाडी हुन्, उनीहरुसँगै उभिनसक्ने बन्नु मेरा लागि चुनौति हो। ’

‘म आफूलाई एउटा मूख्य प्रतियोगितामा प्रमाणित गर्न चाहन्थें । विश्वकै उत्कृष्ट ठाउँमा पुग्ने मेरो लक्ष्य भेट्न मलाई विशाल क्षणहरु तथा मञ्चमा प्रदर्शन गर्नु एकमात्र उपाउ थियो,’केनले भने ।

उनले अगाडि थपे,‘मैले आफ्नो करीयरभरी मैले केही गर्न सक्दिन भन्ने मानिसहरुको सोचलाई ‘म गर्न सक्छु’ भनेर झूटो प्रमाणित गर्नु परेको थियो ।’

अन्तिम अपडेट: बैशाख २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया