विश्वकप फुटबल  : समूह बीबाट स्पेन, पोर्चुगल र इरानको सम्भावना कायमै

 असार ७, २०७५ बिहिबार ६:४७:३० | एजेन्सी
unn.prixa.net

विश्वकप फुटबलमा स्पेनले इरानलाई १ शून्यले हराएको छ ।

बुधबार राती रुसको काजान एरिनामा भएको खेलमा स्पेनलाई जिताउन खेलको ५४ औं मिनेटमा डिएगो कोष्टाले गोल गरे । इरानका डिफेण्डर रविन रेजाइनले  क्लियर गर्न लागेको बल गोल हुन पुगेको थियो ।

जसका कारण स्पेनले महत्वपूर्ण तीन अंक जोड्दै अघिल्लो चरणको सम्भावना बलियो बनाएको छ । नतिजापछि स्पेन ४ अंक सहित अंकतालिकाको पहिलो स्थानमा छ भने ४ अंक नै रहेको पोर्चुगल दोश्रो र ३ अंक बनाएको इरान तेश्रो स्थानमा छ । 

खेलको ६२ औं मिनेट इरानी टिम र समर्थकका लागि निराशाजनक क्षण हुन पुग्यो । इरानका सेइद इजाटोलाहीले गोल गरेका थिए । फ्रिकिक बललाई हेडमार्फत गोल गरेपछि खेलाडी र समर्थकले खुशी पनि मनाइसकेका थिए तर भिडियो असिस्टेन्ट रेफ्रीले त्यसलाई गोलको मान्यता नदिइ अफसाइड दिएपछि इरानी पक्ष निराश बनेको थियो भने स्पेनी पक्ष खुशी । 

केही अवसरहरुमा इरानका खेलाडी चुकेका थिए । पहिलो गोल हुनुभन्दा अघि भने इरानले निक्कै सुस्त फुटबल खेलेको थियो । उसका सबै खेलाडी रक्षापंक्तिमा बार लागेका थिए भने कुनै आक्रमण बुन्न जाँगर देखाइरहेका थिएनन् । 
 
समूहमा लगातार दुई पराजय ब्यहोरेको मोरक्को प्रतियोगिताबाट बाहिरिएको छ । समूहको अन्तिम खेलमा स्पेनले मोेरक्कोसँग प्रतिस्पर्धा गर्दा इरानले पोर्चुगलको सामना गर्नेछ । त्यही खेलको विजेता समूह बी बाट नकआउट चरणमा प्रवेश गर्नेछन् । 
 
विहीबार रातीको खेलमा गोल गरेसँगै रुस विश्वकपमा ब्राजिलमा जन्मिएका स्पेनिस स्ट्राइकर डिएगो कोष्टाको गोलसंख्या ३ पुगेको छ । यसअघि पोर्चुगलसँग बराबरी हुँदा उनले २ गोल गरेका थिए । 
 

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया