यस्तो छ विश्वकप फुटबलका लागि ब्राजिलको टोली

 जेठ १, २०७५ मंगलबार १२:०:१९ | उपेन्द्रराज पाण्डेय
unn.prixa.net

जेठ १ – चोटग्रस्ट नेइमारलाई समेट्दै ब्राजिलले विश्वकप फुटबलका लागि खेलाडीहरुको अन्तिम टोलीको घोषणा गरेको छ । ब्राजिलको स्क्वाडमा ६ जना प्रिमियर लिग क्लबबाट खेल्ने खेलाडी छनौट हुँदा चार जना म्यानचेस्टर सिटीका छन् ।

प्रशिक्षक टिटेले पेरिस सेन्ट जर्मेनका स्ट्राइकर नेइमारसहित २३ सदस्यीय टोलीको नाम सार्वजनिक गरेका हुन् । फ्रेन्च लिगका क्रममा घाइते भएका २६ वर्षीय नेइमारको खुट्टाको शल्यक्रिया गरिएको छ । हाल रिकभरीको क्रममा रहेका नेइमार रुस विश्वकपसम्म फिट हुने अपेक्षा गरिएको छ । नेइमारसँगै ब्राजिलको अग्रपंक्ति गाब्रिएल जिसस, रोबर्टो फिरमिनो र टेइसनले सम्हाल्ने छन् । 

डेनिलो, मार्सेलो, फिलिप लुइस, थिएगो सिल्भा, क्यासिमेरो, फर्नान्डिन्हो, पाउलिन्हो, फिलिप कोटिन्हो, विलियनले पनि विश्वकप खेल्ने ब्राजिलको टोलीमा स्थान बनाएका छन ।   टिटेले आफ्नो स्क्वाडमा तीन जना ब्राजिलियन क्लबबाट खेल्ने खेलाडी समावेश गरेका छन् ।  डानी आल्भेसले भने चोटग्रस्त हुदै विश्वकप गुमाएका छन् । टिटे सामु विश्वकपमा गुमेको ब्राजिलको साख फिर्ता ल्याउनु पर्ने जिम्मेवारी रहेको छ । 

घरेलु मैदानमा अघिल्लो पटक भएको विश्वकपको सेमिफाइनलमा जर्मनीसँग ब्राजिल सात एक गोलले पराजित भएको थियो । ब्राजिलको टोलीले २१ मार्चदेखि  रियो दि जनेरियोमा संयुक्त अभ्यास गर्नेछ । त्यसपछि लन्डनमा केही समय अभ्यास गरेपछि पांच पटकको च्याम्पियन रुस प्रस्थान गर्ने तालिका रहेको छ ।  समूह बी मा रहेको ब्राजिल संगै स्वीट्जरल्यान्ड, कोस्टारिका र सर्बिया छन । ब्राजिलले समूह चरणको पहिलो खेल १७ जुनमा स्वीट्जरल्यान्डसँग खेल्नेछ ।

अन्तिम अपडेट: बैशाख २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

उपेन्द्रराज पाण्डेय

उज्यालोमा कार्यरत उपेन्द्रराज पाण्डेय कला, साहित्य र संस्कृतिमा कलम चलाउनुहुन्छ ।  

तपाईको प्रतिक्रिया