जर्मनीको जितसँगै समूह एफको समिकरण रोचक

 असार १०, २०७५ आइतबार ६:४९:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

साविक विजेता जर्मनीले जारी विश्वकप फुटबलमा पहिलो जित हात पारेको छ । रुसको सोंचीमा रहेको फिष्ट रंगशालामा भएको खेलमा जर्मनीले स्वीडेनलाई २–१ ले हराउँदै महत्वपूर्ण ३ अंक बटुलेको हो । जर्मनीको जितमा खेलको अन्तिम मिनेटमा टोनी क्रुसले गरेको गोल निर्णायक रह्यो ।

९५ औ मिनेटसम्म १–१ को बराबरीमा रहेको खेलमा क्रुजले ९५ औ मिनेटमा गोल गरेका थिए । खेलमा अग्रता भने स्विडेनले ३८ औ मिनेटमा ओला तोइभोनेनको गोलमा ३८ औं मिनेटमा लिएको थियो । ४८ औँ मिनेटमा जर्मनीका रुइसले बराबरी गोल फर्काएका थिए ।

यो नतिजासँगै समूह एफको समिकरण रोचक बनेको छ । मेक्सिको ६ अंक सहित शीर्ष स्थानमा छ भने, जर्मनी र स्विडेनको समान ३–३ अंक छ । समूहको अन्तिम खेल नसकिँदासम्म अघिल्लो चरण पुग्ने टोलीको टुंगो नलाग्ने भएको हो । 

मेक्सिकोले स्विडेनसंग बराबरी मात्र खेलेपनि अघिल्लो चरण पुग्नेछ तर स्विडेन विजयी भए र अर्को खेलमा जर्मनीले कोरियालाई हराए गोल अन्तरका आधारमा अर्को चरण पुग्ने २ टोलीको छिनोफानो हुनेछ । जर्मनीलाई कोरियाले हराएको अवस्थामा भने स्विडेनले मेक्सिकोलाई हराएपनि मेक्सिको अन्तिम १६ मा पुग्नेछ ।

यस्तै, कोरियाले जर्मनीलाई हराए र मेक्सिकोले स्विडेनलाई हराए कोरिया पनि अर्को चरणमा पुग्ने छ । तर यसका लागि कोरियाले जर्मनीलाई फराकिलो गोल अन्तरले हराउनुपर्छ भने मेक्सिकोले पनि स्विडेनलाई फराकिलै अन्तरले हराउनुपर्नेछ । 

समूहको अन्तिम खेलमा मेक्सिकोले स्वीडेनसँग र जर्मनीले दक्षिण कोरियासँग खेल्नेछन् । 
 

अन्तिम अपडेट: बैशाख ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया