हेलिकप्टर दुर्घटना : मृतकका परिवारलाई आर्थिक सहयोग गर्न सरकारलाई नेकपाको आग्रह

 फागुन १६, २०७५ बिहिबार १५:१६:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – ताप्लेजुङमा बुधबार भएको हेलिकप्टर दुर्घटनामा परि निधन भएका परिवारलाई आर्थिक सहयोग गर्न सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सरकारलाई आग्रह गरेको छ ।  

बिहीबार बसेको नेकपाको सचिवालय बैठकले परिवारको आर्थिक स्थिति र आवश्यकता हेरेर उपयुक्त सहयोग गर्न सरकारलाई आग्रह गर्ने निर्णय गरेको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठ (प्रकाश)ले जानकारी दिनुभयो । 

हेलिकप्टर दुर्घटनामा निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको शव पोष्टमर्टम सकिएपछि श्रद्धाञ्जलीका लागि टुँडिखेलमा राख्ने निर्णय पनि गरेको छ । 

यस्तै सत्तारुढ नेकपाले मन्त्री अधिकारीको निधनको शोकमा देशैभरका पार्टी कार्यालयमा आज पार्टीको झण्डा आधा झन्डा झुकाउनुका साथै तीन दिनसम्म पार्टी कार्यालयमा शोक पुस्तिका राख्ने निर्णय गरेको प्रवक्ता श्रेष्ठले बताउनुभयो ।  

यस्तै नेकपाले फागुन २३ गते केन्द्रीय स्तरमा श्रद्धाञ्जली कार्यक्रम गर्ने निर्णय पनि गरेको उहाँले बताउनुभयो ।  
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया